स्वर्गीय दिपक कार्कीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

साउन ७ । आपत्ति र बिपत्तीका परेका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूरपश्चिम सेवा समाज यूएईले स्वर्गीय दिपक कार्कीको परिवारलाई रु ६२,३३० (बैंसट्ठी हजार तीन सय तीस रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

आर्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका भुतपुर्ब अध्यक्ष चेतबहादुर थापा ‘चेतन’ र भुतपुर्ब सदस्य धनीराम भण्डारीले कैलाली जिल्लाका बझाङ जिल्ला खिरातडी (२ घर भई अबुधाबीको किलिन्को ट्रेडिङ ईम्पोर्टइङ एण्ड सर्भिसेस नामक कम्पनीमा कार्यरत कार्कीको गत २६ अप्रिल २०१७ का दिन २९ बर्षको कलकलाउँदो उमेरमा हृदयघातका कारण ज्यान गएको थियो ।

उक्त आर्थिक सहयोग रकम हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुदूरपश्चिम सेवा समाज यूएईले गर्दै आएका समाज सेवाका कामहरुको खुलेर नै प्रशंसा गर्नुका साथै मानबिय कार्यमा पुर्याउँदै आएको उल्लेखनीय योगदानको बारेमा सुनेर खुशी लागेको जिज्ञासा राख्दै आउँदा दिनमा पनि समाजले सदा वैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बासी नेपालीहरुका समस्या र नेपालमा हुने आपत्ति, विपत्तीमा मानवीय सहयोग गर्दै गरोस् भनि शुभकामना दिको थियो ।

सहयोग रकम बुझ्दै स्वर्गीय कार्कीकी धर्मपत्नी जानकी देवी कार्कीले दु:खद घडीमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु र सुदूरपश्चिम सेवा समाज यूएईप्रति हार्दिक आभार प्रकट गरेको चेतन थापाले हामीलाई बताए ।

स्मरणीय रहोस् स्वर्गीय दिपक कार्कीको परिवारमा बुढा आमा बुवा, श्रीमती, तीन नाबालक छोरी र एक भाई छन ।

कमेन्ट गर्नुहोस्