किनीछाडे मेयरसापले नयाँ मोवाइल फोन (प्रमाणसहित)

काठमाडौंका मेयर विद्यासुन्दरको यस्तो बेइमानी, जनताले विरोध गर्दागर्दै पनि किनेरै छाडे मोवाइल ९प्रमाणसहित०

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले पदभार ग्रहण गरेको सुरुमै आफूसहित सबै वडा अध्यक्षलाई राम्रो मोवाइल किन्ने निर्णय गरे । धुँलो, हिलो, महंगी, कालोबजारीबाट हैरानी भएका काठमाडौँबासीले उनकाे निर्णयकाे खुलेर विराेध गरे । चौतर्फी विरोधपछि अधुरो बनेको उनको मोवाइल किन्ने सपनालाई उनले पूर्णता दिएका छन् ।

मेयरसापको यो निर्णयपछि चौतर्फी विरोध भएको थियो र स्थितिलाई साम्य पार्न मेयर सापले विज्ञप्ति निकालेर निर्णय कार्यान्वयन नगर्ने प्रतिवद्धता जाहेर गरे । तर, उक्त निर्णय गरेको भोलीपल्टै कार्यान्वयन गरेको भेटिएको छ । मिति २०७४ असार ७ गते नै महानगरले मोवाइल सेट खरिद गर्ने निर्णयको लागि रकम निकासा गरेको छ । यो २५ नम्बर निकासा दिएको हो । शिर्षक नं. १४०१०० मा ३० हजार निकासा गरिएको छ ।

मेयर शाक्यले आफू र उपमेयरको लागि मोवाइल फोन खरिदको मूल्य तोकिएको थिएन तर वडा अध्यक्षलाई ३० को मोवाइल सेट खरिद गर्ने निर्णय गरेका थिए ।

यस्ताे छ माेवाइल किनेकाे प्रमाण

कमेन्ट गर्नुहोस्