महिलालाई अवैध रुपमा कुवेत पठाउने क्रममा पक्राउ

काठमाडौं, साउन ७ । एक महिललाई अवैध रुपमा दुवई हुँदै कुवेत पठाउन लाग्ने क्रममा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको कालिकोट नगरपालिका घर भइ काठमाडौंको गंगवुमा बस्ने ५६ वर्षे कृष्णबहादुर गुरुङ, झापाको गोलडुवा ८ का ३४ वर्षे खड्गबहादुर विश्वकर्मा र तेह्रथुमको ओख्रेगाउँपालिका ८ का डिल्लिश्वर लिम्बु रहेका छन् ।

गत साउन ५ गते एक महिलालाई प्रलोभन देखाई फ्रि भिसा फ्रि टिकटमा पठाइदिन्छु भनी कुवेत पुर्‍याउन लागेका थिए ।

प्रहरीले विशेष सूचनाका आधारमा महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरेको थियो ।

पक्राउ परेका तीन जना विरुद्ध मानव वेचविखन तथा ओसार पसार मुद्दामा अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्