कविता: छुटिसकेको माया

पुजा पराजुली

छुटिसकेको माया,

टुटिसकेको आशा,

कुन नाताले बोलाउ तिमीलाई ।।

कुन नाताले बोल्छौ तिमी ।।

साइनो खोज्न शब्दभन्डार नयाँ ल्याउनु पर्छ ।

हैनभने नबोलेरै चुपचाप जिउनु पर्छ ।।

बोल्ने भए कि त तिमीले पिउनु पर्छ ।

कि या मैले पिउनुपर्छ

मक्किसकेका यी बिश्वासका चोलिहरु

टुक्रिसकेका यी घायल मनहरु

आफ्ना आफ्ना टुक्राहरु

आफै आफैले सम्हालि

अब आफै आफैले सिउनुपर्छ

चुहिएका खुशिका छत

कापिरहेका यी ओठमा

आशाहरुका त्यान्द्राहरुले

देखावटी मुस्कान छाउनुपर्छ

हैनभने नबोलेरै चुपचाप जिउनुपर्छ

बोल्ने भए कि त तिमीले पिउनुपर्छ ।।

कि या मैले पिउनुपर्छ

बेहोशिमै थिए हाम्रा ती प्रीतहरु

बेहोशिमै भए हाम्रा ती बातहरु

अब हाम्रो मिलन हुन्

बेहोशिकै फेरि उस्तै मात हुनुपर्छ

झलमल्ल यी दिन कालो रात हुनुपर्छ ।।

हैन भने नबोलेरै चुपचाप जिउनुपर्छ ।।।

बोल्ने भए कि त तिमीले पिउनुपर्छ ।।

कि या मैले पिउनु पर्छ

कमेन्ट गर्नुहोस्