अरुलाई दोष नदिऊँ हाम्रै कारणले हारिएको हाे चुनाव

छवि गिरी

नयाँ नेपाल निर्माणका लागि सबैभन्दा बढी संघर्ष गर्ने र वलिदान दिने मुख्य क्रान्तिकारी पार्टी माओवादी केन्द्र संसदीय राजनीतिमा प्राविधिक हिसाबले अरुभन्दा कमजोर देखिएको छ। सिंगो देश नै माओवादीको एजेण्डामा घुमिरहेको भए पनि चुनाबी परिणाम माओवादीले आफ्नो पक्षमा पार्न सकेन ।

संसदीय राजनीतिमा आइसकेपछि हारलाई सजिलै स्विकार गर्न सक्नुपर्छ, निर्वाचन भनेको लोकतान्त्रिक विधी हो। तर कम्युनिस्ट क्रान्तिकारीहरु संसदीय व्यबस्था र निर्वाचन प्रणालीलाई उपयोग मात्र गर्ने गर्छन् किनकी उनीहरुको अन्तिम गन्तब्य भनेको समाजवाद हुदै साम्यवादसम्म हो ।

छवि गिरी

स्थानीय निर्वाचनको पहिलो अनुभव लिँदै गरेको माओवादी केन्द्र टुट, फुट र बिभाजनले नै कमजोर देखियो, संसदीय राजनीति उसै पनि “खसीको टाउको राखेर बाख्राको मासु बेच्ने” ठाँउ हो भनिन्छ, यो राजनीतिक प्रणालीमा इमान्दारिता, मूल्य मान्यता, आदर्शको राजनीतिलाई षडयन्त्र, झुट, छलकपट, बेइमानी पुर्ण राजनीतिले छाँयामा पार्ने रहेछ। त्यसको परिणाम नेपालको पछिल्लो राजनीतिले थप पुष्टि गरिदिएको छ।

एमाले कांग्रेसहरु दशकौदेखि देशको नेतृत्व गरेर थुप्रै नदी नालाहरु असमान सन्धि सम्झौता गरेर भारतलाई बुझाए, भ्रष्टाचारको कृतिमान खडा गरे, आफ्ना रोगी नेताहरुको उपचारमा राज्यकोषबाट करोडौं सिध्याएर जनताको नजरमा एकचोटी गिरिसकेका भएपनि जनताको बिचमा माओवादीले बलियो रुपमा उपस्थिति जनाउन नसक्दा फेरी उनिहरुनै हावी भए ।

माओवादीको नेतृत्वमा ०५२ साल देखी नेपालमा यहि फोहोरी संसदीय राजनिती र सामन्तवादका बिरुद्द जनबिद्रोह सुरु भएको थियो र त्यहि जनबिद्रोहको धक्काले सामन्तवाद नेपालबाट सदाको लागि बिदा भयो र गणतन्त्र, संघियता, नयाँ संविधान लगाएतका ऐतिहासिक उपलब्धीहरु देशले प्राप्त गरेको छ, तर सामन्तवादका अबशेषहरु बेलाबेलामा बिभिन्न राजनीतिक दलहरुमा देखिने गरेको छ।

माओवादी जनयुद्दकै कारण सबैखाले उत्पिडनबाट मुक्त भएका उत्पिडित जाती तथा समुदायका जनताहरुलाई समेत एमाले कांग्रेसहरुले आर्थिक लगाएत बिभिन्न प्रलोभनमा पारेर चुनाब जित्न सफल भएको देख्दा संसदीय राजनीति साँच्चैनै फोहोरी खेल हो भन्ने कुरा थप प्रमाणीत भएको छ ।

हिजो गणतन्त्र, संबिधानसभा, संघियता लगाएतका एजेन्डाहरुका बिरुद्दमा संकटकाल लगाएर हजारौं जनताहरुको हत्या गरेका कांग्रेस एमालेहरु नेपालमा संघियता हुनै सक्दैन, संघियताले देश टुक्रिन्छ भनेर जनतामा व्यापक भ्रम छरेका थिए तर आज त्यहि संघिय प्रणाली अन्तर्गतको स्थानिय तहको निर्वाचनमा संघियता हाम्रो एजेन्डा हो भनेर प्रचार गर्दै चुनाब जित्न सफल भए तर संघियताको असली जन्मदाता माओवादीहरु फुटेरै कमजोर भए एमाले कांग्रेसहरुले छरेको भ्रम चिर्न सकेनन ।

माओवादीहरु कमजोर भएपछि हिजोकै तिनै परिवर्तन बिरोधी शक्तिहरु जनतामा हावी भएका छन, त्यो हुनु स्वभाबिक पनि हो । एमाले कांग्रेसहरुले देशव्यापी एनजिओ र आइएनजिओ सञ्चालन गरेका छन र त्यसैबाट प्राप्त पैसाले चुनाब लडेका छन, र उनीहरुले संसदीय राजनीति फोहोरी नै हो भन्ने कुरा निर्वाचनबाट प्रमाणित गरिदिएका छन् ।

स्थानिय चुनावमा माओवादी कमजोर देखिए पनि माओवादीले स्थापित गरेका अग्रगामी एजेन्डाहरुको जित भएको छ, सिंहदरबार केन्द्रित अधिकारहरु जनताको घर आँगनमा पुगेका छन। यो हिसाबले चुनावमा माओवादीको हार भएता पनि सिंगो देश माओवादीको एजेण्डामा हिडेको छ, एमाले कांग्रेसले जित्दा पनि माओवादीकै एजेन्डाको जित भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले छोटो समयमै थुप्रै जनपक्षिय कामहरु गरेर देखायो, बिसौं बर्ष देखिको लोडसेडिङको अन्त्य,उच्च राजस्व संकलन, बन्द उधोगहरुको पुन सञ्चान, भ्रष्टाचार नियन्त्रण, गरेर ०।७७५ मा रहेको आर्थिक वृद्दिदरलाई आजसम्मकै उच्च ७।५ मा पुर्याउन सफल भयो र १२ बर्ष पछिकै न्युन मुल्य वृद्दिदर कायम गराउन सफल भयो यो कुनै चानचुने उपलब्धी हैन। प्रवासी नेपालीहरुको लागि त प्रचण्ड सरकार मुख्य अभिभावकै रुपमा काम गर्यो ।

देशको राजनितीक परिवर्तन र आर्थिक विकास सँगै समृद्द नेपाल निर्माण माओवादी केन्द्रकै नेतृत्वमा संभव छ भन्ने कुरा प्रचण्ड नेतृत्वको सरकारले छोटो समयमै प्रमाणीत गरिदिएको छ।

माओवादी हारका कारणहरु :

गणतन्त्र, नयाँ संविधान, संघियता लगाएतका परिवर्तनका एजेण्डाहरु माओवादीका एजेन्डा हुँदा हुदै पनि एमाले कांग्रेसहरुले जनतामा छरेको भ्रमलाई चिर्न नसक्दा माओबादीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । ०६४ सालको संबिधानसभाको पहिलो निर्बाचनमा देशको सबैभन्दा शक्तिसाली दलको रुपमा उदाएको माओवादी दोस्रो संविधानसभा हुदै आजसम्म आइपुग्दा टुक्रा टुक्रामा बिभाजित भएर संगठन निक्कै कमजोर अवस्थामा पुगेको छ, कार्यकर्ता र जनतामा समेत व्यापक निरासा पैदा भएको छ, र यहि बिभाजनकै कारणले तेस्रो स्थानमा खुम्चिन बाध्य भएको छ ।

माओवादीहरु कमजोर भएपछि हिजोकै तिनै परिवर्तन बिरोधी शक्तिहरु जनतामा हावी भएका छन, त्यो हुनु स्वभाबिक पनि हो। एमाले कांग्रेसहरुले देशव्यापी एनजिओ र आइएनजिओ सञ्चालन गरेका छन र त्यसैबाट प्राप्त पैसाले चुनाब लडेका छन, र उनीहरुले संसदीय राजनीति फोहोरी नै हो भन्ने कुरा निर्वाचनबाट प्रमाणित गरिदिएका छन् ।

माओवादी हारको अर्को महत्वपुर्ण कारण प्रचार प्रसारमा माओवादी कमजोर हुनु पनि हो, माओवादी नेताहरु सामाजिक सञ्जाल फेसबुक र ट्विटरकै प्रचारमा रमाए मुख्यगरी फेसबुककै प्रचारले चुनाब जितिन्छ भन्ने भ्रममा नेताहरु परे तर चुनाब जित्न संगठन बलियो चाहिन्थ्यो, जनतामा निरन्तर जोडिन सक्नु पर्थ्यो, सामाजिक सञ्जालको पहुँचमा सबै जनताहरु थिएनन समस्या यहिनिर देखियो र चुनाब हार्यो ।

चुनाब लडनका लागि एमाले कांग्रेससँग एउटा पनि राजनितीक एजेन्डा थिएन उनिहरु माओवादीकै एजेन्डामा चुनाब लडेर जित्न समेत सफल भएका छन । उनिहरुले रक्षात्मक चरणमा पुगेको माओबादी र कमजोर चेतना स्तर भएका जनताबाट राम्रै फाइदा उठाएको देखियो। कांग्रेस एमालेहरुले जनतामा छरेको भ्रम र आर्थिक चलखेललाई रोक्न सकेको भए मात्र पनि माओवादीले चुनाबमा यो भन्दा निक्कै राम्रो परिणाम ल्याउने थियो। आउदा निर्वाचनहरु भन्दा अगाडी नै माओवादीहरुले गम्भिर छलफल, बहस र समिक्षा गरेर संगठन सुदृढीकरण गरेर अगाडी नबढने हो भने आउदा दिनहरु माओवादीका लागि झन चुनौतिपुर्ण बन्नेछन।

कमेन्ट गर्नुहोस्