मकालु पश्मिना उद्योगमा भिषण आगलागी

विराटनगर, साउन ७ । मोरङको विराटनगर महानगरपालिका–१३ मा रहेको मकालु पश्चिमना उद्योगमा आगलागी भएको छ ।

शनिवार अपरान्ह ४ बजेतिर एक्कासी चलिरहेको मेसिनबाट उत्पन्न आगो सल्केर सबैतिर फैलिदा ठूलो भिषण आगलागि भएको हो । आगो नियन्त्रणमा लिन मोरंग र सुनसरीका चार वटा दमल सहित नेपाल प्रहरी ,शसस्त्र प्रहरी र स्थानीयबासीले प्रयास गरिरहेका छन ।

पश्मिना उद्योग पुर्व क्षेत्रीय प्रहरी कार्यालय , तालिम केन्द्र र सशस्त्र प्रहरी गणदेखि पाँच सय मिटरको दुरीमा रहेको छ । मकालु पश्मिना उद्योग औद्योगिक घराना गोल्यान ग्रुपको हो ।

आगलागि अझै नियन्त्रणमा आएको छैन भने क्षतिको विवरण पनि आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्