इमानदार भएर भ्रष्टाचार अन्त्यका लागि काम गर्ने गृहमन्त्री शर्माको उदघोष

काठमाडौं, साउन ७ । गृहमन्त्री जनार्दन शर्माले राष्ट्र र जनताप्रति इमानदार भएर भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन् ।

गृहमन्त्री शर्माले शान्तिसुरक्षा व्यवस्था अक्षुण राख्दै नागरिकको सुरक्षा गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी भएको बताएका छन् ।

राजधानीमा शनिबार आयोजित पाचौं राष्ट्रिय लोकदोहोरी अवाड २०७३ बितरण कार्यकममा प्रमुख अथितिका रुपमा सम्बोधन गर्दै गृहमन्त्री शर्माले भने, ‘अहिले मैले गृहमन्त्रालयको जिम्मेवारी पाएको छु, त्यो गृहमन्त्रालयको जिम्मेवारी मेरो व्यक्तिगत कुनै विशेष क्षमताले पाएको होइन । तपाई आम नेपाली दाजुभाई दिदीबहिनीले माग गरेर पाएको हुँ ।’

देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र न्यूनिकरणका लागि आफूले जनताको साथ र सहयोग लिएर काम गर्ने बताए । ‘म राष्ट्रप्रति र जनताप्रति इमानदार भएर यो देशको कुअवस्था, कुरिती र भ्रष्टाचार अन्त्यका दिशातिर लागिरहने छु’, उनले भने, ‘मैल त्यो गर्ने छैन र गर्न दिनेपनि छैन ।’

नेपाली जनता र नेपाल प्रहरीको साथ र सहयोगबाट आफू गृहमन्त्री भएपछि सार्वजनिक गरेको ८४ बुँदै माथचित्र कार्यान्वयन गर्ने पनि  शर्माले बताए ।

कमेन्ट गर्नुहोस्