‘गुल्मीबाट जब एमालेको असली मुहार देखियो’

विजय भट्टराई
यो संसदीय व्यवस्थामा जसरी पनि जित्नै पर्ने त्यस माथी एमाले, जसले सत्ताको रसस्वादन वर्षौदेखि राम्रैसंग भोग गर्दै आइरहेकै थियो । धेरैपछि सत्ता वेगर घुटु घुटु थुक निलेर बसिरहेको एमालेले यो चुनावमा घुँडा धसेर लाग्ने नै भयो सत्ताको ब्रम्हलुटमा उसले आफ्नो वर्तमान र भविष्य देख्तछ र त्यो पाउनका लागि उसले इमान र नैतिकता बेचेर राजनीतिलाई कसरी फोहोरी बनाउँदछ भन्ने दृ्रष्टान्त हेर्न एकपटक गुल्मी जिल्लालाई हेरौँ ।

यसवाट थाहा हुन्छ की उसले के कस्ता हतकण्डा अपनाएर चुनाव जितेको रहेछ । एमालेले नेपाली जनतालाइ पशु सरह पनि सोच्दैन रहेछ भन्ने यहाँ बाट थाहा हुन्छ गुल्मीको मदाने गाउँपालिकाका शिक्षक बमबहादुर कुँबरले सामाजिक सञ्जालमा एक स्टाटस लेखेछन् ल मानौँ गलत नै लेखे तिनले,तर विधिको शासन र कानुनी राज्य सिकाउने एमाले पार्टी र उक्त पार्टीको नेतृत्व तहको नेता रामकुमार झाँक्रीको बोलि सुन्नु भयो भने यो सभ्य समाज लजाएर भन्नु पर्ने हुन्छ की यो बर्बर पंचायती काल या ऐमाले वितण्डाराज हो ?

एक तहको शिक्षकको त हालत यस्तो छ भने सामान्य जनताले हातखुट्ट जोगाउन जे गरे पनि सहनु पर्यो की परेन? लगत्तै अर्को घटनातिर लागौं एमाले गुल्मीका सचिवालय सदस्य रहेका गणेश श्रीपालीले रेसुङा नगरपालिका कार्यपालिका निर्वाचनका लागी रु २५,००० तत्काल दिने र चुुनाव जितेपछि एक लाख दिने भनि कंग्रेसबाट निर्वाचित प्रतिनिधिलाई समेत किन खोजेको भिडियो सहित कंगे्रस जिल्ला समितिले पत्रकार सम्मेलन नै गरी सार्वजनिक गर्यो अब अनुमान गर्नुस् सोझा सिधा सामान्य जनतालाइ ललाइ फकाइ कति मत किनेको होला अनि त्यति विध्न कालो धन कुन चोर बाटोबाट भित्राएको होला?

त्यस लगत्तै अर्को घटना हेर्नुस् चन्द्रकोट गाउँपालिका वडा नं ५ एमालेबाट निर्वाचित वार्ड अध्यक्ष टेकबहादुर पुनले स्थानीय अपागं मानबहादुर विक लाई कानको जाली फुट्ने गरी पिटेछन् । कारण रहेछ चुनावका वेला पाँच हजार नगद र जस्तापाता एमालेको तर्फवाट बाड्छौ भनेका रहेछन् चुनाव जितेपछि वार्ड अध्यक्ष गायब, अनि मानबहादुरले फोन गरेर खैत हामीलाई दिने भनेको जस्तापाता भनेर सोधेछन् । तब, दलितले हामीसंग सवाल गर्ने भनेर एमाले अध्यक्षले कुटपीट गरं ।

यी त रहे एउटा जिल्लाको प्रतिनिधी मुलक घटनाहरु के हामी अझै यस्तै नियति व्यहोरी रहन तयार छौँ ? अझ रुपन्देहीमा प्रेम गरेको आरोपमा बर्बता पूर्वक दिइएको यातना हामीलाई सैह्य हुँदैन तर त्यहाँ पनि एमालेका नेता भनौदा रमिते त बने बने झन् पीडितलाइ क्षतिपुर्ती तिर्न लगाए । पछि गृह मन्त्रालयको ध्यानाकर्षण भइ पिडकमाथी कारबाही अघि बढेका छ

काठमाण्डौंको मेयरको रक्सी, मोवाइल खरिद, बिलासी सुविधा र चर्को करको फेहरिस्त बाँकी नै छ तसर्थ क्षणीक भ्रममा नफसी यतिवेला वास्तविक जनताको अधिकारका लागि संघर्ष गर्दै आएको जनताको सेवक नेकपा माओवादी केन्द्रलाई बिजयी बनाउनु नै सबैको कर्तव्य हुन जानेछ ।

कमेन्ट गर्नुहोस्