नेपाली दुतावास श्रमिकको अभिभावक कि दलालको वैधानिक अखडा ?

गुरूप्रसाद रेग्मी
म करिब १० वर्षदेखि वैदेशिक रोजगारीको शिलसिलामा भारतलागायत केहि तेश्रो मुलुकमा समेत श्रम गर्दै अहिले पनि खाडीमा श्रम गरी रहेको एक श्रमिक हु ।

वैदेशिक श्रम रोजगारीको मेरो यो दस वर्षे जिवनमा म माथी खासै दुःखद या अप्रिय घटना घटेको छैन त्यसको लागि म आफुलाई भाज्ञमानी नै ठान्छु तर विश्वो श्रम बजारमा श्रमिकमाथी परेका प्राय जसो सबै समस्याप्रति नजिक छु र प्राय तपाईंहरु पनि श्रमिकमाथी आइपर्ने समस्यासँग जानकार नै हुनुहुन्छ । कतिपय आफै पीडित हुनुहुन्छ । यसै क्रममा कतिजना उद्धारको अपेक्षा गर्दै आफू कार्यारत देशस्थित नेपाली दूताबासको ढोकामा पक्कै पुग्नु भएको होला सबुत प्रमाण बोकेर म पनि आफु दिल्लीमा रहँदा बस्दादेखी मलेशिया बसार्इमा समेत केहि पीडित श्रमिकलाई साथमा लिएर दुतावासको ढोका ढकढकाउन पुगेको थिए ।

तर बिडम्वना त्यो बेला दुबै ठाउँमा कुनै सुनुवार्इ नभएको तितो अनुभब बोकेको छु । अझ दुखको अनुभब त दिल्ली दुतावासमा भएको छ त्यो बेलाका नेपाली राजदुत ठ्याकै नाम चै भुले तर गाजियाबादमा एक श्रमिकाको हत्याको विषयलाई लिएर म लगायत हाम्रो संगठनका केहि साथी राजदुतको ढोकामा पुग्दा तात्कालिन महामहिम ज्युले ूभाइलोग ट्रेनका रिजर्वेसनका फ्रम मेरे क्याबिन से नही रिसेब्सनसे मिलेगा मै मिटिङ्ग पे जारहाहु फ्रम उधर रीसेप्सनसे लेना ू भन्दै उनि बाहिरीएका थिए ।

त्यस्तै मलेशियामा समेत आफु कार्यरत समयमा एउटा कम्पनीमा केहि नेपाली श्रमिकले काम त पाएको दाम नपाएको भन्नुको मतलब तलब नपाएको बिषयलाई लिएर मलेशियाको क्वालालाम्पुर अग्लो टावरको चौधौ तलामा रहेका तात्कालिन महामहिमलाई भेट्न जाँदा हामीलाई चौधौंतलामा रहेको नेपाली दुतावासको पहिलो ढोकाबाट नै निरास बनार्इ फर्काको तितो अनुभब बोकी सिदै मलेशियाको मलक्कास्थित लेवरकोट पुगेर न्याय पाएको अनुभब छ ।

म किन यी सब यहाँ लेखिरहेछु त्यो तपाईं सबैले बुज्न जरुरी ठानेको छु किनकी कही न कही यी र यस्ता तिता अनुभब तपाईं सबैले भोग्नु भएकै होला ।

म प्रसङ्गमा आउछु । विश्वो जगतमा नेपाली दुतावासको औचित्य किन र के को लागी ? आज यो अनुत्तरीत प्रश्न मेरो मानसपटमा घुमिरहेको छ साथै राजदुतावासप्रति अनेकौ सङ्का उप सङ्का सृजना भैरहेको छ । पछिल्लो समयमा म आफु कार्यरत मुलुकको राजदुतावास पनि शंङ्काको घेरामा म मात्र नभै प्रायजसो यहाँ कार्यरत श्रमिकको नजरमा परेको अनुभव दैनिक जसो आउने न्यूज र श्रमिकहरुले आफुले प्रयोग गरेको सोसलमिडिया मार्फत ब्यक्त गर्दै गरेको पोष्टहरुले प्रष्ट देखिन्छ ।

मेरो यहाँको चौथो वर्षको बसार्इको क्रममा दुतावासको निमन्त्रणामा दुइ अन्तरकृयात्मक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गरेको छु त्यहाँ महामहिमबाट उपस्थित नेपालीलाइ राम्रै सत्कार गरेको देखें र राम्रै सल्लाह र सुझाव दिएको पाए साथै राम्रै आश्वासन दिएको पाएको थिए । समस्यामा परेका श्रमिकले लिखित या मौखिक जानकारी गराएको खण्डमा १० मिनेटमा एक्सन लिने छु भनेर महामहीमले बोलेको अवाज अझै पनि मेरो कानमा गुन्जिरहेको छ ।

तर पछिल्लो समय यहाँ एउटा विषय निकै गम्भीर भएर तेर्सिएको छ त्यो भिजिट भिषामा आइ अलपत्र परेका श्रमिक । चेतनाको अभाब या धेरै ठुलो महत्वोकांक्षाले होस भिजिट भिषाको काम बन्द हुँदा समेत यहाँ दलालको प्रलोभनमा फसेर एयरपोर्टमा सेटिङ्गमा प्राय दिनहु नेपाली भित्रने गरेको रेकर्ड बाहिरीएको छ भने दुतावास यो कुराको जानकार हुँदा हुँदै पनि मौन रहनु अत्यान्त गम्भीर शंकाको घेरोमा परेको छ ।

काठमाडौंको ठमेलस्थित अर्थलाइन ट्राभल्सकी सञ्चालिका जानकीकुमारी अधिकारीमार्फत एयरपोर्ट सेटिङ्ग हुँदै यहाँ भित्रीएका करीब ४० नेपालीलाई दिइएको यातना र उनीहरुमा परेको समस्याको बिषय निकै गम्भीर बनेको छ भने यहाँ रहेका दलालले ज्यान लिनेसम्मको धम्की दिएको कुराको सप्रमाण दुतावासमा पीडित उपस्थित हुँदा केहि दिनको समय दिनोस भन्दै फर्काइएको अवस्था छ । पिडितलाई पछिल्लो समय यो बिषयमा दुतावास केहि गर्न सक्दैन भन्ने लाचार जवाफ सहित पिडित फर्काइएको कुरा बिभिन्न नेपाली अनलाईन मिडियाले लेखेका छ्न भने श्रमबजारमा श्रमगरी फूर्षदको समयमा कलम चलाउने श्रमिक पत्रकारहरुले गर्ने खवरदारीको कुनै सुनुवाइ भएको देखिएन ।

मानब तस्कर, दलाल र फटाहाको बीचमा आठ दस श्रमिक र पाँच सात श्रमिक पत्रकारको बिचमा वर्षमा दुइचार सेमिनार यहाँका पाचतारे होटलमा गर्नु मात्र दुतावासको काम हो ? अथवा वर्षमा एकदुइ ठाउँ रिवन काट्नु मात्र महामहिमको कर्तब्य हुन आउछ ? कि नेपालबाट आउने बिशिष्ट (भीआइपि,भीभिआइपि)को स्वागत सत्कार अनि चाकडी मात्रको लागी दुतावास स्थापना गरीएको हो ? यदि लाखौ श्रमिकको पक्षमा लाचार हुने दुतावासहरुको के औचित्य रहन्छ ? दुतावास र त्यहाँका कर्मचारी प्राय जसो दलाल र तस्करसगै उठबस गर्छ्न भने हामी श्रमिकले कस्तो अपेक्षा गर्ने दुतावाससँग ?

राजनैतिक भागबण्डामा आएका महामहिम ज्युहरुसँग कति अपेक्षा गर्ने अनि तातो गर्मीमा थकित शरीरले यहाँ कार्यरत श्रमिकको पत्रकारले औचित्यहिन खवदारी मात्र कती गरीरहने ? कतै दुतावासनै वैधानिक तस्करहरुको काम गर्ने कार्यालय त बनेको हैन भन्दै गम्भीर प्रश्न चिन्न खडा गर्न चाहन्छ यो स्तम्भकार । हैन भने दलाल र तस्करको पक्षपोषण किन गर्छ दुतावास ? यो विषयमा नेपाल सरकार किन मौन छ आखिर फ्री भिषा फ्री टिकाटको ब्यावस्था गरे पनि लाखौं तिरेर विदेशिन बाध्य छ युवा भने भिजिट बन्द हुँदा समेतमाथी देखि तलसम्मको सेटिङ्ग मार्फत दलालको प्रलोभनमा परेर युवा किन यहाँ भित्री रहन्छ्न ? सरकार आफैले तयार गरेको नियम पालना भयो या भएन भनेर बुज्नलाई किन चाहदैन या किन मौन छ ? यी र यस्तै उत्तर बिहिन प्रश्न हामीले कहिलेसम्म गरीरहनु पर्ने हो ? दलाल अनि तस्कार माझमा कहिले पाउने श्रमिकले न्याय ? रेमिट्यान्सको आसामा बसेको नेपाल सरकार र सरकारका मन्त्रीहरुलाई मेरो प्रश्न ।

कमेन्ट गर्नुहोस्