यस्तो आउँदै छ वीरमा टोमोथेरापी मेसिन

अमरगढी, साउन ८ ।  सरकारले वीर अस्पताललाई जनताको अस्पताल बनाउने लक्ष्यअनुसार अत्याधुनिक टोमोथेरापी मेसिन किन्ने भएको छ ।

यो संसारकै अत्याधुनिक उपकरणमध्ये हो । ४० करोड मूल्य पर्ने सो मेसिन किन्न अर्थ मन्त्रालयले पैसा निकासा गरिसकेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रजिस्ट्रार डा.किरण मानन्धरले बताए ।

अमेरिकाको एकुरे नामक कम्पनीसँग किन्न लागिएको टोमोथेरापी कम्पनीले सो मेसिन अबको तीन महिनामा ल्याउनेछ । सो मेसिनबाट दैनिक ३० जना बिरामीलाई केमो दिन सकिने डा.आचार्यको भनाइ छ ।

कमेन्ट गर्नुहोस्