भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागियो : चित्रबहादुर

बुटवल, साउन ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न आनाकानी गरेको आरोप लगाएका छन् ।

शनिबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा उनले ‘सरकारको गैरजिम्मेवारीले एकै चरणमा स्थानीय तह निर्वाचन हुन सकेन’–भने ।

उनले संविधान संशोधनमार्फत् सरकारले राष्ट्रियता साट्न लागेको आरोप पनि लगाए ।

सीमा, भाषा र नागरिकतामार्फत् भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागिएको आरोप उनको छ ।

कमेन्ट गर्नुहोस्