पेरिसडाँडा, पेरिस सपना र वर्तमान यथार्थता

निर्वाचनमा माओवादी एजेण्डागत रुपमा कमजोर नभएर प्राविधिक कमजोरी र पार्टीगत विचलन मुख्य जिम्मेवार देखिन्छ

नरेन्द्र चुदाली

पेरिश अर्थात युरोपको समृद्ध थलो जसलाई समृद्धीको सुचक का साथै एक उत्कृष्ट नमुनाको रुपमा लिन सक्छौ। जसको प्रेरणाबाट विश्वका धेरै समृद्धी सपना बोकेका देश र त्यहाका नेतृत्व तथा जनताले राम्रो हौसला प्राप्त गर्न सक्छन्। त्यस्तै एक हो माओवादी केन्द्र। जसले देशमा जनअधिकार स्थापित गर्दै नेपाललाई एक समृद्ध देश बनाउने अभिलाशाका साथ शशस्त्र संर्घषमा हामिएको थियो। भौगोलीक , राजनैतिक चेतना तथा विकाशका दृष्टीले दुर्गम मानिएको रोल्पाबाट बम पड्काएर देखिएको पेरिश सपनाको यात्रा क्षृखला आज पेरिशडाडासम्म आईपुगेको छ।

पार्टीको जनतासंगको फिका सम्बन्ध , विभाजन तथा बर्गिय विचलनको आरोप लागेको माओवादी यात्रा स्थानिय तह निर्वाचनको नमिठो पराजय सम्म आईपुगेको छ। यद्यपी माओवादी पराजय भए पनि माओवादीका गणतन्त्र, समाबेशि समानुपातीक लगायतका जनपक्षिय एजेण्डाको जित भएकोले माओवादी हतोत्साहीत भईहाल्नुपर्ने स्थीती होईन। पछिल्लो निर्वाचनमा माओवादी एजेण्डागत रुपमा कमजोर नभएर प्राविधिक कमजोरी र पार्टीगत विचलन मुख्य जिम्मेवार देखिन्छ। जे भएपनि माओवादी ले देखेको समृद्ध नेपालको जग निर्माण भईसकेको छ। अब देशमा स्थायित्व संगै विकाशको गतिलाई तिब्रता दिनु पर्नेछ।पछिल्लो बैठकमा माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाएर जनताको भावनाको सहि सम्बोधन गरेको छ। यो बहसलाई लाई घनिभुत रुपमा अगाडी बढाउनु आबश्यक छ।

हाम्रो देशको विकाश र समृद्धीको यात्रामा सत्ताको फोहोरी खेल प्रमुख बाधक बनिरहेको अबस्थामा त्यसको स्थायी समाधान नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै हो। यसो नभएसम्म हाम्रो यात्रा सधै अलमलमै पर्ने छ। यसलाई माओवादीले गम्भिर रुपमा उठाएर स्थापित गर्न सके देशले नयां मोड लिने कुरामा दुईमत छैन। जसबाट पेरिशडाडा तथा सिगों देशले देखेको पेरिश यानिकी समृद्धी सपमा नेपाली माटो सुहाउने मोडलमा छिटै पुरा हुनेछ।

र राष्ट्रिय राजनितिका यि यथार्थता पनि–
समृद्धी सम्भव छ।

समृद्ध नेपाल निर्माणका सपना संभव नहुने सपना पनि होईनन््। भुगोलमा सानो भएपनि जलस्रोत खनीज पर्यटन तथा अन्य थुपै्र स्रोत र साधनमा प्रचुर सम्भावना भएको शुन्दर देश नेपाल र जोस र जागरका प्रयाय जस्तै रहेका नेपाली जनताको समंयोजन ले नै यो देशको कायापलट गर्न काफी हुन्छ। देशमै उपलब्ध स्रोत र साधनको प्रयोग गरेरै नेपाललाई विकाशको गतिमा हिडाउन सम्भव छ। तर त्यसको लागि राजनैतीक नेतृत्वको वर्तमान कार्यशैली र मानसिकतामा भने ब्यापक परिबर्तन हुनु जरुरी छ। नत्र भने देश यो अबस्थाबाट अगाडी बढ्न असम्भव हुन्छ।

लडाई समृद्धीकै लागि थियो

परिबर्तन र विकाशका भोको रहेका नेपाली जनताहरुले राजनैतीक परिबर्तन पछि देशमा विकाश सुशासन ,सामाजिक न्याय ,सशक्तिकरण र आर्थीक सम्पन्नता को कल्पना गर्दै विभिन्न राजनैतीक परिबर्तका आन्दोलनमा दलहरुलाई पटक पटक साथ दिदै आए।जनताहरु त्यी परिबर्तनका मोर्चाहरुमा लाग्दै गर्दा नेपथ्यमा समृद्ध नेपाल हेर्ने र भाबी पुस्तालाई उपहार स्बरुप आफ्ना अमुल्य उपलब्धी सुम्पने सपना प्रतिबिम्वित थियो।

तर बिडम्बना जनताले देखेका सपना समुन्नतिका थिए भने जनताका त्यी सपनालाई यथार्थतामा रुपान्तरण गर्नुपर्ने जिम्मेवारी लिएका राजनैतीक नेतृत्वको कार्यशैली भने त्यस अनुरुपको भएन। जनताका उदेश्य र नेतृत्वका कार्यहरु बिच तालमेल नभएकै कारण आज देश जस्ताको तस्तै अबस्थामा छ। हामीले देखेको सपना समृद्ध नेपालको भयो भने मुल राजनैतीक नेतृत्वको सपना भने समृद्ध पार्टी र समृद्ध नेता निर्माणको भयो।तर उनिहरुले बुझेनन् की समग्र देश समृद्ध भए मात्र उनिहरुपनि समृद्ध हुने हो भन्ने यथार्थता।देश र जनतालाई सधै पछाडी पारेर नेता र पार्टी अगाडी बढ्ने युगको अन्त्य त्यीतिबेलानै हुनुपर्यो जतिबेला देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको शङखघोष भएको थियो।तर त्यसो हुन सकेन दलहरुले आफ्नो स्वार्थका लागि देशलाई बन्धक बनाउन पछाडी परेनन्।

परिबर्तन पछी नेपालको राजनैतीक नेतृत्वले परिबर्तको सस्थागत गर्नको लागि जुन तदारुपता र लगाब देखाउनु पर्थ्यो ,त्यसो हुन सकेन। दलहरु परिबर्तनलाई छीटो भन्दा छीटो संस्थागत गरि देशलाई आर्थीक विकाशको मुलधारमा लैजानु पर्नेमा निहीत दलगत स्वार्थमा लामो समय खेर फाल्नाले देशले ठुलो मुल्य चुकाउन पर्यो।
समृद्धी विनाको परिबर्तन नुन बिनाको तरकारी जस्तो

हामिले प्राप्त गरेका यि उपलब्धीहरु आर्थीक विकाश बिना धेरै समय टीकाउनै गाहे हुन्छ।किनकी यि परिबर्तन ल्याउनुको अन्तिम सार भनेकै समृद्धी हो। अतः आर्थीक समृद्धी विना का बर्तमान उपलब्धी भनेको नुन विनाको तरकारी जस्तै हुनेछ। जसरी नुन विनाको तरकारीमा त्यती ईच्छा हुदैन त्यसरी नै लामो समयसम्म समृद्धी विना नै यो राजनैतीक परीबर्तन कायम रह्यो भने त्यसमा जनताको अपनत्व र आकर्षण घट्दै जाने कुरालाई बिर्सनु हुदैन।जसले परीबर्तनलाई कमजोर बनाउने छ। गरीवि र अभावको फाईदा उठाउदै परिबर्तन बिरोधी देशी विदेशी शक्तिहरुले चलखेल गरीराख्ने छन्। अत परिबर्तनलाई दरीलो र परीपक्क बनाउने सुत्र नै आर्थीक उन्नती हो।

अविश्वास किन?

आर्थीक समृद्धीकै लागि लामो समय लडेका जनताहरु दलहरुका विकाश योजनाबाट उत्साहीत र विश्वस्त हुन नसक्नुको प्रमुख कारण नै दलहरुले देखाउदै आएको कार्यशैली हो। बिगतमा जनताहरुप्रती धेरै प्रतिबद्धता जनाउने अनि कार्यान्वयन गर्न नसक्ने प्रबृतीकै कारण जनताहरुले दलहरुका योजनाहरुमा पनि विश्वास गर्न नसकेको देखिन्छ। देशमा विकाश र जनजिविका को सबालमा संबेदनाहिन राजनैतीक चरित्रकै कारण नेताहरुले जनताको विश्वास गुमाउदै गएका छन्। आफ्नै जनताको विश्वास लिन नसक्नुलाई उनिहरुको एक किसीमको राजनैतीक असफता नै मान्नुपर्छ। भुकम्प र नाकाबन्दी पछिको विशिष्ट परिस्थीतीपछिका सरकारहरुले जनताका आधारभुत सबालहरुको सम्बोधन गर्न नसकीरहेको बेलामा रेल र पानी जहाजका कुरा गर्दा जनतालाई अपत्यारीलो लाग्नु स्वभाविक हो।

जनजिवीका र बर्तमान आबश्यकताको सम्बोधन गर्दै देशलाई विकाशको दिशामा लग्नु बर्तमान आबश्यकता हो।सडकमा परेको खाल्डोमा गिट्टी र बालुवा हाल्न नसक्ने नेतृत्वले सडकमा रेलका लिक बिछयाउला भनेर कसरी पत्याउने? जनतालाई सुशासन दिन असफल सरकार ले आर्थीक क्रन्तिका कुरा गर्नु तर्कसंगत हुदैन।बर्षा लागेपछी बिकाशका काम गरेर जनतालाई सास्ती दिने सरकारी लाचारीपना सुधार हुन सकेका छैनन्।कससेकम पनि विकाशको नाममा बर्षाको समयमा सडक नखन्देको भए जनतालाई सुबिधा हुन्थ्यो।नत्रभने बर्षा लाग्नु अगाबै काम सम्पन्न गर्न सक्नु पर्थ्यो। सामान्य ढंगले जनतालाई सुविधा दिने कुरामा त सरकार असफल हुन्छन भने अरु ठुला विकाशका काम कसरी गर्न सक्छ भन्ने मात्र जनताको जायज सबाल हो।जनता त सधै विकाश र समृद्धीकै पक्षमा छन्।र विकाश गर्नेलाई सदैव साथ दिन पनि तयार छन्।
देश अब प्रयोगशाला बन्नु हुदैन।

विगत लामो समयदेखी हाम्रो देश कसैन कसैको प्रयोगशाला बनि राख्यो। कहीले विदेशी शक्तिकेन्द्रबाट त कहिले देशकै नेताबाट। नेताहरुले आफ्नो राजनैतीक करियर र ब्याक्तिगत ईगोकै लागि देशलाई बन्धक र गतिहिन बनाए।यही कारण नै हामि सधै पछाडी पर्न बाध्य भयौ। तर अब यो देशलाई कसैको प्रयोगशाला हुनबाट बचाउनु पर्छ। विकाशमा हामी धैरै पछाडी परिसकेका छौ। त्यसैले अब हामिले सम्पुर्ण ध्यान तिब्र गतीको विकाशमा लगाउनुको विकल्प छैन्।विकाश र समृद्धीबाट नै हाम्रो राष्ट्रियता र प्राप्त उपलब्धीको रक्षा हुने कुरामा दुईमत छैन। प्रशिद्ध बिद्धान चाणख्य ले भनेजस्तै हामी संग गल्ती गदै्र पाठ सिक्ने समय छैन किनकी अब हाम्रो पुस्ताको समय छोटो छ।यही छोटो समयमै समृद्ध नेपाल बनाएर अर्को पिढीलाई सुम्पनु पर्ने छ। त्यसैले यो समय गल्ती गर्दै पाठ सिक्ने होईन विगतका गल्तीबाट पाठ सिक्दै अगाडी बढ्ने हो।अबका हाम्रा योजना र रणनितीहरु “सियोर सट’’ हुनु आबस्यक छ ताकी हामीले छोटो समयाबधीमै देशको कायापलट गर्न सकौ।जसको लागी नेपाली माटो सुहाउदो विकाशको रुपरेखा तयार गरिनु जरुरी छ।

हामिले देशमा रहेको जलस्रोत,खनीज ,जडीबुटी वन जगंल र हाम्रा जुझारु युवाशक्तिको सिप क्षमता र तागत लागि देश निर्माण लगाउनु आबश्यक छ।आज हामै्र नेपाली युवाहरुको विरताले धेरै देशहरुको सार्वभौमिकता रक्षा भएको छ। हामै्र नेपाली छोराहरुको रगत र पसीनाले विश्वका देशहरु विकाशको उचाईमा पुगेका छन्।आज हामै्र पाखुरहरुबाट कतारले विश्वकप आयोजनाको जग बनाउदै छ भने हामि किन पछाडी? अब हाम्रा पौरखी पाखुरा र ताता रगतहरु हाम्रै देशको समृद्धीमा प्रयोग गरीनुपर्छ। देशमा लगानीको वाताबरण बनाएर लगानीयोग्य पुजि लाई देश विकाशमा परिचालन गर्नु अहीलेको आबश्यकता हो। हाम्रो उद्देश्यमा बाधक बन्ने जोसुकै लाई जनताले चिन्नु पर्छ।अब हाम्रा भावनामा खेलेर राजनिती गर्नेहरु लाई निस्तेज पार्नै पर्छ।

‘‘राईट म्यान टु राईट प्लेसू

अब देशका सबै क्षेत्रमा ‘‘राईट म्यान टु राईट प्लेस हुनै पर्छ। जस्तो प्राधिकरणमा कुलमान उपयुक्त पात्र छन्,त्यसरी नै अन्य निकायमा पनि विज्ञ ब्याक्ती आउनु जरुरी छ।हरेक क्षेत्रमा कुशल ईमान्दार र विज्ञ ब्याक्ती आउने हो भने देश समृद्धी बन्न धेरै समय नै लाग्दैन्। किनकि आज मलेशिया ,सिङगापुर त्यहाका एक एक जना ब्याक्तिकै योगदानमा आज समृद्धीको अबस्थामा छन्। हामिकाहा पनि देशमा रहेका यिनै कुशल पात्रहरुले देशलाई समृद्धी बनाउने तागत राख्दछन्। मात्र यति हो कि त्यीनिहरु लाई काम गर्ने वातावरण र हौसला आबश्यक छ। देश बनाउन चाहाने अरु धेरै कुलमानहरुलाई राज्यले उचित स्थान दिओस। अब देशको बागडोर समाल्नेहरुलाई चेतना हुनु जरुरी छ कि तपाईको पछि लाग्ने हनुमानले देश बनाउन सक्दैनन्।त्यसको लागि कुशल विज्ञ चाहिन्छ।

सलाम पुर्व उर्जामन्त्री शर्मा र कुलमान !हामि तपाईहरुलाई सधैव साथ दिनेछौ। किनकि हामि घिनलाग्दो राजनितिको पोखरीमा पौडी खेल्ने युवा होईनौ हामि समृद्धीको समुन्द्रमा पौडीन चाहाने युवा हौ।तपाईको देश उज्यालो पार्ने मिसनमा मिसमास पार्न खोज्नेहरु संग हिसाव किताव गर्ने काम हामि युवाको हो। तपाई खुट्टा नकमाई अगाडि बढ्नुहोस।
बाधक फ्ल्प ब्युरोक्रेसी।

आखाँको काम देख्ने हो तर हामि देख्यौ है भनेर खुशि हुनुपर्ने अवस्था आएको छ। भन्न खोजेको हाम्रो कर्मचारी संरचना यति गैरजिम्मेर छ कि उ जनताको सेवामा बसेको भएपनि जनउक्तरदायित्व बोध गर्न सकेको छैन्। कर्मचारी तन्त्रको ठुलो हिस्सा जनसेवामा उत्तरदायी र ईमान्दार बन्न नसक्दा जनताले सास्ती झेल्नु परेको छ। सरकार भनेको सरकारी कर्मचारी नै हुन तर उनीहरुको रुखो पना र ढीलासुस्तीले जनताले दुखः त पाएका छन् नै त्यसमाथी हाम्रो समृद्धी यात्रामा पनि कठीनाई परिरहेको छ।समयले प्रविधीमा छलाङ मार्दा पनि आज हाम्रा कान्ति र विरका हाकिमहरुलाई थाहा रहेनछ कि जनतालाई लाईनमा बस्न समस्या भयो डिजीटल कुपन सिस्टम राख्नुपर्छ भनेर। त्यो पनि गगन ले नै आएर भन्दिनुपर्ने?अस्पतालमा सौचालय फोहोर भयो भनेर पनि गगन थापा ले नै सम्झाईदिनुपर्ने?

आज विमानस्तलको शौचालय सफा भयो भनेर हर्ष बढाई गर्नुपर्ने यो कस्तो स्थीती ? यसरी देश कसरी बन्छ? के देशको स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुलाई अलिकति पनि हिनताबोध लाग्दैन?सवाल साना होलान तर गम्भिर छन्। आज सरकारी अफीसमा जादा कुनै कर्मचारी ले मिठो बोलेर छीटो छरीतो काम गरिदियो भने फुरुङग हुनुपर्ने अबस्था छ। किनकि त्यसरी राम्रो ब्याबहार देखाउने कर्मचारी विरलै छन्।त्यसैले अब विकास समृद्धी र शुसासनमा अहिलेको कर्मचारीतन्त्रको शैलीले काम चल्दैन।उनिहरुमा आमुल परिवर्तन आउनु जरुरी छ।

अतः यि यथार्थतालाई मनन गर्दै माओवादी केन्द्र अगाडि बढ्नु जरुरी छ। जसको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई माओवादीले शशक्त रुपमा उठाउनु आबस्यक छ। जनाताको गाउघरमा सिंहदरबार पुर्याएको माओवादीको अबको बाटो जनताको घरमा समृद्धी पुर्याउने हो। जसको निम्ति पार्टी विचलन बाट जोगिनु आबस्यक छ। पेरिशडाडाको जग बलियो भयो भने मात्र पेरिश अर्थात समृद्धी सपना पुरा हुनेछ।

कमेन्ट गर्नुहोस्