पहिरोले धुन्चे–रसुवागढी सडकखण्ड अवरुद्ध

रसुवा, साउन ८ – पहिरोको कारण धुन्चे–रसुवागढी सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति परेको पानीका कारण धुन्चेको त्रिशूली नदी नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध बनेपछि चीनको केरूङबाट सामग्री बोकेर आएका मालबाहक कन्टेनर बिच बाटोमै रोकिएका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्