संविधान संशोधन प्रस्ताव अगाडी बढाउने तयारी

काठमाडौं, साउन ८ । संसद्को चौथो ठूलो दल राप्रपाले साथ दिने संकेत गरेपछि सत्तापक्षीय प्रमुख दलहरुले फेरि संविधान संशोधन विधेयकलाई अघि बढाउने तयारी गरेका छन् ।

संविधान संसोधनको विषयमा राप्रपाले पनि समर्थन गर्ने भइसकेपछि त्यसलाई पारित गर्नकै लागि अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र सरकारका तर्फबाट पहल तीव्र बनाउने समझदारी भएको र त्यही अनुसार अहिले छलफल अघि बढेको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।

विधेयक पारित गर्न दुई तिहाई सांसदको साथ चाहिने भएकाले आजबाटै प्रतिपक्षी दल तथा अन्य साना दलहरुसँग पनि छलफल तीव्र पारिने सत्तारुढ दलका नेताले बताएका छन्।
हाल संशोधनमा प्रस्ताव गरिएका नागरिकता, भाषा, जनसंख्याका आधारमा प्रतिनिधित्व जस्ता विषयमा रहेका भनिएका अन्योल हटिसकेकोले सरकारले विधेयक अघि बढाए ३७ जना सांसदले नै विधेयकको पक्षमा मतदान गर्ने राप्रपाका प्रवक्ता भुवन पाठकले दावी गर्नुभयो ।

सत्तारुढ गठबन्धनको पूर्ववर्ती सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकका पक्षमा दुई तिहाइ मत नजुट्ने देखिएपछि यसअघि सत्तारुढ दलहरुले संशोधन प्रस्तावलाई स्थगित गरेका थिए ।

संशोधनका लागि आवश्यक संख्या पुर्याउन सक्दो धेरै दललाई सरकारमा ल्याउनका लागि नै मन्त्रिपरिषद् विस्तारमा पनि सत्तारुढ दलहरुले ढिलाइ गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्