तामाङ समाज युएर्इकाे एसएमएस धमाका २०१७ हुने

युएइ, साउन ८ । मध्यपुर्वको विकसित शहर युएईमा तामाङ समाज यूएईले सपोर्ट माई स्कूल प्रोजेक्टको सहयोगार्थ यहि अगस्ट ०४ तारिखका दिन “एसएमएस धमाका – २०१७ सांस्कृतिक साँझ” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

लामो समयदेखि शिक्षाको कारणले पिछडिएका तामाङ समुदायलाई माथि उकास्ने उदेश्यले तामाङ समाज युएईले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै तामाङ बहुलियता भएका विद्यालयहरुमा आर्थिक सहयोग गर्दै आइरहेका छन ।

युएईको दुबई शहरस्थित कल्टन होटेलमा हुन लागेको कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रूपमा चर्चित सेलो गायिका सानु वाईबा आउदै छिन् भने प्रवासी कलाकाहरूको सामेत बिजोड प्रस्तुति रहने आयोजकले बतायको छ । कार्यक्रममा स्याब्रु नाच, म्हेन्दोमाया नाच र फापरे जुहारीको सानदार प्रस्तुति रहने छ ।

कार्यक्रमबाट प्राप्त रकम सपोर्ट माई स्कुल प्रोजेक्टको कोषमार्फत सपोर्ट माई स्कुल (एसएमएस) – २०१७ का लागि छनौट हुने विद्यालय र शैक्षिक सहयोगार्थ कार्यक्रमहरुलाई आर्थिक सहयोग गरिने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङ ले जानकारी दिए ।

उनका अनुसार समाजले २०१२ देखि हरेक वर्ष विभिन्न जिल्लाका ग्रामीण भेगमा स्थापित सामुदायिक विद्यालयहरूलाई एक लाख एघार हजार एक सय एघार रूपैयाँ (रू १११,१११/-) को दरले आर्थिक सहयोग गर्दै आएको छ । यस बर्षबाट सहयोग रकम पनि बढाउने तयारी भईरहेको बताएका छन् ।

सपोर्ट माई स्कूल प्रोजेक्ट कार्यक्रम अन्तर्गत हालसम्म पाँच वटा विद्यालयहरूलाई आर्थिक सहयोग गरिसकेको छ । जसमा २०१२ मा जोगेश्वरी मा.वि. महादेवटार – ०१ काभ्रे, २०१३ मा घ्युल देवी नि.मा.वि गोल्छे – ०३ सिन्धुपाल्चोक, २०१४ मा जनहित राष्ट्रिय प्रा.वी पदमपुर – ०८ चितवन, २०१५ मा सातकन्या प्रा.वि. थाङपालकोट – ८ सिन्धुपाल्चोक र २०१६ मा दुप्चेश्वरी नि.मा.वि. सरमथली – ०६, रसुवा रहेका छन् ।

शैक्षिक सहयोगार्थ आयोजना गर्न लागेको एसएमएस धमाका कार्यक्रम अरु बेलाको कार्यक्रमहरू भन्दा पृथक रहने र यूएईमा ख्याति कमाएका तथा धेरै भन्दा धेरै कार्यक्रमहरू स्टेज शाे गरिसकेका उत्कृष्ट कलाकारहरूको धमाकेदार प्रस्तुतिहरू रहने छन् भने यसै कार्यक्रमबाट सपोर्ट माई स्कूल (एसएमएस) – २०१७ को लागि छनौट भएको विद्यालयको नाम घोषणा गरिने जानकारी आयोजकले दिएको छ ।

कमेन्ट गर्नुहोस्