अमेरिकाका प्रतिष्ठत अखबारविरुद्ध डोनाल्ड ट्रम्पको यस्तो अरोप

साउन ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख दुई संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् ।

अमेरिकी अखबार ‘न्यूयोर्क टाम्इस’ र ‘दि वासिंटन पोस्ट’ माथि राष्ट्रपति ट्रम्पले आरोप लगाएका हुन् ।

राष्ट्रपति ट्रम्पका अनुसार न्यूयोर्क टाइम्सले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)का प्रमुख अबु बकर अल बग्दादीलाई भगाउन मद्दत गरेको आरोप लगाएका छन् । ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘असफल न्यूयोर्क टाइम्सले अल बग्दादीलाई मार्ने अमेरिकी प्रयास विफल तुल्याइदियो । राष्ट्रिय सुरक्षालाई लिएर उसको यो खतरनाक एजेण्डा हो ।’

अमेरिकी योजना कसरी विफल भयो भन्नेबारे ट्रम्पले केही खुलाएका छैनन् ।

उनले अर्को अखबार वासिंटन पोस्टमाथि आरोप लगाउँदै भनेका छन्, ‘वासिंटन पोस्टका तर्फबाट एउटा अर्को गोप्य जानकारी लिक, यसपटक अटर्नी जनरल जेफ सेशन्सविरुद्ध । यस प्रकारको गैरकानूनी चुहावट बन्द हुनु पर्दछ ।’

कमेन्ट गर्नुहोस्