त्रिवेणी नलगाड नपामा प्रतिघर १० विरुवा, सुत्केरी भत्ता दोव्वर

हेमन्त के सी

जाजरकोट, साउन ८ । जंगलहरु नासिएकाले त्रिवेणी नलगाड नगरपालिकाका प्रत्येक स्थानीय वासीन्दाले १० विरुवा लगाउनु पर्ने भएको छ । नगलपालिकाले साे निर्णय गरेकाे मेयर टेक बहादुर रावलले बताएका छन् ।

सामुदायिक वन समूह र स्थानीय सरकारको समन्वयमा यो कार्यक्रम प्रभावकारी तरिकाले हुँने मेयर रावलले बताए ।

५ वर्षभित्र यहाँका सबै डाडाँ, काँडाहरु हरिया बनाउने नीति लिईएको छ । नपाभित्र रहेका सबै ठाउँमा रहेका विद्यालयको स्तर उन्नती गरी स्थानीय भाषाको संरक्षण गर्ने, सबै वडामा शुद्ध खानेपानी, स्वारोजार कोषको स्थापना, गाउँ गाउँमा सडक लिएर आयआर्जनमा गति लिने निर्णय गरिएको छ ।

उज्यालो अभियानलाई सफल बनाउन स्थानीय स्तरमा उत्पादन गरिएका विद्युत योजनाहरु सम्पन्न गरी घर–घरमा उज्यालो पुर्याईने लक्ष्य लिईएको छ । एक घर एक उत्पादन नारालाई सार्थक वनाउन अभियान थालिने निर्णय समेत भएको छ ।

बालविवाह न्यूनिकरणका लागि विशेष कार्यक्रम गरी बाल मृत्यू दर घटाइनुका साथै सुत्केरी भत्तासमेत दोव्वर बनाएको छ ।

सार्वजनिक रुपमा सुर्तीजन्य पर्दाथ सेवन गरेमा कारवाही गरिने मेयर रावलले वताए । बालवालिकालाई सुर्तीजन्य पदार्थ ओसार पसार गर्नेलाई कारवाही गरिने बताइएको छ ।

नगरपालिकालाई फोहोर हुँन नदिन सार्वजनिक स्थलमा फोहोर फाल्न खाल्डोको व्यवस्था गर्ने उनले बताए । यो अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ । अब मेयरको सपना नभएर सबैको साझा सपना भएकोले सबैले आत्मसाथ गर्न आग्रह गरिएको छ । ३४ करोड बराबरको बजेट विनियोजन गदै नगर परिषद् सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्