हरेक पाठ्यपुस्तकको अगाडिको पानीमा पृथ्वीनारायण शाह

काठमाडौँ, साउन ८ । अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेका छन् ।

राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग अघि सारेका हुन् । सङ्गठनले पृथ्वीनारायणको तस्विरसँगै शान्तिका दूत भगवान गौतम बुद्धको पनि तस्बीर राख्न समेत भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र निर्माताको अपहेलना कुनै देशमा हुन्छ भने त्यो यही देश हो जहाँ राष्ट्र निर्मातालार्इ सम्झन पनि लायक ठानिदैन ।’ गणतन्त्रको उदय पश्चात राष्ट्रनिर्मातालाई पनि सामन्तकै टोकडीमा मात्र सीमित गरिएकोमा पनि राप्रविसंले आपत्ति जनाएको छ । साथै आगामी पुस्तामा नेपालीमा रहेको बुद्धत्व, वीरता र गौरवपूर्ण इतिहासको गाथा उत्तिकै सम्मानमा राख्न र राष्ट्र निर्मातालाई हरेक ढुकढुकीमा पुर्याउन पाठ्यपुस्तका माध्यमबाट देशव्यापी रूपमा जागरण गर्नु तट्कारो आवश्यकता रहेको विज्ञप्तिमा भनिएको छ ।

‘राष्ट्रिय एकता र राष्ट्रियता कमजोर भएको र राष्ट्र निर्मातालाई इतिहासमा विलिन गराउने चलखेल भएकाले हराउँदै गरेको इतिहास र वीरताको सम्मानलाई राप्रविसं फर्काउन चाहान्छ’ विज्ञप्तिमा भनिएको छ ।

सङ्गठनले राप्रविसंको जोस, विद्यार्थी लोन कोष खुबीको समीक्षा, इच्छाअनुसारको शिक्षा रोजगारीको साँचो, प्राविधिक शिक्षाको खाँचो राप्रविसंको जोसजस्ता नाराका साथ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य उपचारको पनि माग गर्दै आएको अध्यक्ष राजिव लामिछानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्