यसरी जंगिए चित्र बहादुर केसी

रुपन्देही, साउन ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भएको बताएका छन् ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले थ्रेसहोल्डको विरोध गरेका छन् । उनले निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप लगाए ।

सरकारले ल्याएको निर्वाचनसम्वन्धी ऐनमा प्रदेशमा डेढ प्रतिशत र संघीय संसदमा ३ प्रतिशत थ्रेसहोल्ड व्यवस्थाको प्रस्ताव गरेको छ ।

नेता केसीले माघ ७ भित्र तीन तहको चुनाव नभए ७० बर्षको उपलब्धी गुम्ने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्