किन सर्दै छ चुडामणिको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई ?

काठमाडौं, साउन ८ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा परेको रिटको आजका लागि तोकिएको सुनुवाई फाइल मगाउने भन्दै फेरि सरेको छ ।

रिट सुनुवाईका लागि सर्वोच्च अदालतमा आइतबारका लागि राखिएको बृहद् पूर्ण इजलास स्थगित भएको हो । बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेका थिए ।

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेकाले त्यहाँको फाइल मगाउने निर्णय गरेर आइतबारको सुनुवाइ स्थगित भएको हो ।

शर्माकी श्रीमती कल्पना उप्रेती श्रीमानलाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरण रिट दायरगरेकी थिइन।

कमेन्ट गर्नुहोस्