बाबुरामको फोरमसँगको एकता पतनको बाटो

शक्ति आर्जन र सत्ताकै लागी फोरमसँग पार्टी एकता गर्न लागेका हुन् भने भने उनको लागि त्यो घातक हुनेछ

केदारनाथ नेपाल (निश्चल)

माओबादी त्यागेपश्चात् नयाँ शक्ति निर्माणको बिषयलाई लिएर चर्चामा रहेका डा. बाबुराम भट्टराई, अहिले पुनः नयाँशक्ति र संघिय समाजबादी फोरमबिच पार्टी एकताको बिषयलाई लिएर चर्चामा छन् । कुनै समय ससंदको ठूलो पार्टीको उपाध्यक्ष को हैसियतमा रहेर देशको कार्यकारी प्रमुख समेत बनिसकेका भट्टराई अहिले किन आफ्नो भन्दा कम राजनीतिक हैसियत र क्षेत्रीय राजनीति बाट उदाएका नेता उपेन्द्र यादव सँग पार्टी एकिकरण गर्न खोज्दैछन् ? पच्चीस बर्ष माओबादीमा प्रचण्ड सँग एउटै कमिटिमा रहेर राजनीतिक यात्रा पार गरेका भट्टराईले एक्कासी माओबादी पार्टी त्यागेसँगै उनले सबैको ध्यान खिच्न भ्याएकै हुन् । त्यस्तै अहिलेपनि फोरमसँगको एकताको बिषयलाई लिएर सबैको ध्यान खिचिरहेका छन् ।

जनयुद्व सुरुवात गर्दैगर्दा ज्यानको बाजी लगाएर लामो समय पार्टी निर्माणमा लागेर माओबादीकै नेतृत्वमा देशमा प्रगतिशील एजेण्डाहरु संस्थागत गरेपश्चात् उनले माओवादी त्यागेका थिए । पार्टीमा बरिष्ट उपाध्यक्षको हैसियतमा रहेर पार्टीलाई महत्वपूर्ण स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएका उनलाई माओबादी छाड्नु पर्दाको पिडा पक्कै छ । त्यस कारण पनि उपेन्द्र यादव सँग पार्टी एकिकरण गरेर शक्ति आर्जन गरी माओबादी छाड्दाको पिडा कम गराउन चाहान्छन् ऊनी, र पुनः शक्तिमा आउन चाहान्छन् । शक्तिमा आउनकै लागि पनि उनले, भौगोलिक हिसाबले सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मधेस, र त्यही क्षेत्रबाट बाट उदाएको संघिय समाजबादी फोरम सँग पार्टी एकिकरण गर्नु उपयुक्त देखेका हुन सक्छन् ।

हुनत फुटमा जति स्वार्थ हुन्छ जुटमा त्यो भन्दा कयौ गुणा बढि स्वार्थ लुकेको हुन्छ । यदि जुटेर अघि बढे देशको राजनीतिक समस्या समाधानको लागि उनिहरुको जुट बरदान सावित हुन्छ । तर, शक्ति आर्जन र सत्ताकै लागी फोरमसँग एकता गरेर पहिलो हुनकै लागी उनले पार्टी एकता गर्न लागेका हुन् भने भने उनको लागि त्यो घातक हुनेछ । उनमा एउटा अहंकार पहिलैदेखी रहेको पाईन्छ कि सबै ठाउँमा म पहिलो हुन्छु, यदि त्यो अहंकार उनमा छ भने उनले एउटा कुरा बिचार गर्नुपर्ने देखिन्छ कि, बिद्यार्थी कालमा सधै फर्स्ट भएका उनको लागि राजनीतिमा फर्स्ट हुनको लागि फोरमबाट होईन् उनले माओबादीबाट नै राजनीतिक यात्रा अघि बढाउनुपर्ने हुन्छ । अर्कोकुरा उनको पढाईको सर्टिफिकेटकै कारण देशको कार्यकारी प्रमुख उनी बनेका थिएनन्, उनलाई त्यो राजनीतिक हैसियत दिलाउने पार्टी माओबादी थियो त्यसैले उनले अहिलेको अवस्थामा फोरमसँग भन्दापनि माओबादीसँग नै एकता गर्नु बुद्धिमानी हुनेछ ।

डा‍. भट्टरार्इ पढाईको सर्टिफिकेटकै कारण देशको कार्यकारी प्रमुख उनी बनेका थिएनन्, उनलाई त्यो राजनीतिक हैसियत दिलाउने पार्टी माओबादी थियो त्यसैले उनले अहिलेको अवस्थामा फोरमसँग भन्दापनि माओबादीसँग नै एकता गर्नु बुद्धिमानी हुनेछ ।

उपेन्द्र यादब र बाबुराम भट्टराई बिच पार्टी एकताको बिषयमा उनीहरुले आठ महिना सार्बजनिक गरेको साझा मुद्वा अनुसार ८ राजनीतिक मुद्वा पनि मिल्छ ।

१.प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह,
२.बहुभाषिक नीति,
३.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति,
४.पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद,
५.अधिकारसहितको संघियता,
६.संघीय न्यायपालिका,
७.राज्यका सबै अंग समानुपातिक,
८.राष्ट्रिय पहिचानको मान्यता ।

यि मुद्वाहरु हेर्दा पार्टी एकिकरण हुने आधार त छ ! तर शक्ति बाँडफाँड लगायत अन्य भित्री पाटो एकिकरणको लागि बाधक बन्न सक्छ । यदि पार्टी एकिकरण भयो भने पनि उनिहरु एकढिक्का भएर अघि बढ्छन् भनेर बिश्वास गर्ने गतिलो आधार भेटिँदैन । किनकि अहिले सम्म नेपाली राजनीति सत्ता र स्वार्थ भन्दामाथि उठ्न सकेको छैन ।

दुई पार्टीका अहिलेका केहि राजनीतिक मुद्वा माथि बिष्लेशण गर्ने हो भने । नयाँ शक्ति र फोरमबिचको एकताले देशलाई केही हदसम्म निकास दिन पक्कै सहयोग हुन्छ । अधिकांश राजनीतिक मुद्वाहरु मिलेको कारण पनि उनीहरुको एकता आवश्यक छ । हुनतः नेपालका राजनीतिक दलहरु शिद्वान्तलाई भन्दा सत्ता र शक्तिलाई केन्द्रमा राखेर राजनीति गर्छन् । अहिलेसम्म जनताले गरेको अनुभव त्यही हो । तर पनि भट्टराईले पहाडि मुलको नेतृत्व र यादवले तराईबासीको मन जितेर आगामी निर्वाचनमा आफ्नो राजनीतिक हैसियत उकास्न दुबैले चाहेका हुन सक्छन् । त्यसपछि उनीहरुलाई आफ्नो मुद्वा लागु गराउन पनि सजिलो हुन्छ ।

तत्कालका लागि दुई पार्टिले उठाएका केही राजनीतिक मुद्वा मिल्दैमा फोरम र नयाँ शक्तिबिच एकता भैहाल्छ भन्ने गतिलो आधार छैन । अर्कोतर्फ अहिले नै पार्टी एकिकरण भैहाल्ने छाँटकाट छैन । फेरि केही नेताहरुले, नयाँशक्ति र फोरम बिचको एकता हल्ला मात्र भएको बताइरहेका छन् । बिभिन्न मिडियामा पनि पार्टी एकिकरणकै चर्चा छ । ‘हावा नचली पात हल्लीदैन।’ दुई नेताबीच एकिकरणको बिषयमा केही सल्लाह भएर नै एकिकरणको बिषयले चर्चा पाएको हुनुपर्छ । मुख्य कुरो शक्ति बाँडफाड नै हो । त्यहाँ कुरो नमिल्न सक्छ । भट्टराई र यादबबीच मात्र हैन बरियताको क्रममा को सिनियर रहने भनेर मधेशी मुलका नेताहरुबीच समेत बिबाद आउन सक्छ ।

माओबादीमा रहँदा पटक–पटक पदको बार्गेनिङ गरेका भनिएका भट्टराई, उपेन्द्रको नेतृत्वमा पार्टी एकिकरण गरेर दोश्रो बरियतामा रहन पक्कै पनि चाँहदैनन् ।

माओबादीमा रहँदा पटक–पटक पदको बार्गेनिङ गरेका भनिएका भट्टराई, उपेन्द्रको नेतृत्वमा पार्टी एकिकरण गरेर दोश्रो बरियतामा रहन पक्कै पनि चाँहदैनन् । उता आफूले चलाउँदै आएको पार्टीको नेतृत्व यादबले सहजै भट्टराईलाई सुम्पिएर आफू दोश्रो वरियतामा नबस्न सक्छन् । यस अघि एमाले उपाध्यक्ष रहेका र लामो संघर्षपूर्ण राजनीतिक पृष्ठभूमि बोकेका नेता अशोक राई पनि पार्टी एकिकरणमार्फत त्यही पार्टीसँग मिल्न आएका छन् । अर्कोतर्फ पार्टी एकताका लागि दुबै पार्टीका अन्य नेताबीच पदीय बाँडफाँड समस्या बन्छ । नयाँ शक्तिमा रहेका मधेसी मूलका नेताहरू रामचन्द्र झा, महेन्द्र पासवान, रामकुमार शर्मा, रामरिझन यादवले, उपेन्द्र यादवलाई सिनियर नेता नमान्न सक्छन् ।

बाह्य शक्ति राष्टसँगको निकटताबाट हेर्ने हो भने । भट्टराईलाई भारत र यादवलाई चीन निकट मानिन्छ । भट्टराईले भारत परस्तको आरोप जति खेप्नुपरेको छ यादवले त्यति छैन । यि दुबै नेताको राजनीतिक बुझाईमा भने समानता छ । अधिकांश राजनीतिक मुद्वा पनि मिल्छ, तर पार्टीभित्रको छलफल सिद्वान्त भन्दा पनि पदिय हिसाबले सबैलाई मिलाउन भट्टराई, यादवलाई समस्या देखिएकोले दुई पार्टीबिच तत्काल एकता हुनेमा भने शंका छ । बरु बाबुरामले कुनै पार्टीसँग मिल्न नै चाहेका हुन् भने माओबादीसँग नै मिल्नु बुद्धिमानी हुनेछ अन्यथा आफूभन्दा कम राजनीतिक हैसियत भएको पार्टीसँग एकता गर्नु भनेको पतनको बाटोमा अघि बढ्नु शिवाय केहि हुनेवाला छैन बेलैमा सोचुन् ।

कमेन्ट गर्नुहोस्