बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

कैलाली, साउन ८ । बस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुर्य जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार धनगढीबाट फूलबारीतर्फ जादैं गरेको से १ प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढीतर्फ आउदैं गरेको से १ ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका–१५ कनरीमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा गौरिगंगा नगरपालिका–११ का ३० वर्षीय दिपेन्द्र चौधरी र कैलारी गाउँपालिका–८ का २७ वर्षीय वीरबहादुर चौधरीलाई सेती अञ्चल अस्पतालमा पुर्‍याइए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

गम्भीर घाइते थापापुर बस्ने आशिष चौधरीलाई थप उपचारका लागि भारतको लखउन रिफर गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक कैलारी गाउँपालिका ५ का ५० वर्षीय मंगलप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्