विदेशबाटै मतदानको व्यवस्था गर्न आयोगले थाल्यो गृहकार्य

काठमाडौं, साउन ८ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले आयोग विदेशमा रहेका नेपालीलाई कसरी बालिग मताधिकार प्रयोग गर्ने बाताबरण बनाउन सकिन्छ भनी लागि परेको बताएका छन् ।

यादबले विदेशमा रहेका नेपालीलाई कसरी सहज र सुलभ तरीकाबाट मतदान गर्न पाउने अवस्था सिर्जना गर्न सकिन्छ र पाउनु पर्छ भनी आयोग त्यसैको अध्ययनमा लागेको बताए ।

प्रमुख आयुक्त यादवले विदेशमा रहेका नेपाली लाई अनलाइनमार्फत् नामवली संकलन र अनलाइनबाटै मतदानको व्यवस्था गर्न कम्प्युटर सफ्टवेयरको आवश्यक पर्ने बताउँदै आयोग अहिले सफ्टवेयर निर्माणको काममा लागिरहेको बताए । उनले भने, ‘प्रविधिमा नगाएसम्म त्यस्तो अवस्था सिर्जना गर्न सकिदैंन ।’

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने उद्देश्यले यसअघि पनि अध्ययन भएको भएपनि त्यसले मुर्त रुप लिन सकेन । तर आयोग अहिले गम्भीर र संवेदनशील भएर काम गरिरहेका यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्