भरतपुर प्रकरण : आज सकिएन, भोलि पनि सुनुवाई

काठमाडौं, साउन ८ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाई नसकिएपछि भोली पनि हुने भएको छ ।

ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज पनि हेर्दा हेर्दैमा राखिएको हो । बहस नसकिएकाले रिटलाई हेर्दा हेर्दैमा राखिएको र भोलि पनि सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

मतगणनाका क्रममा वडा नम्बर १९ को नेकपा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्