गाडी, ल्यापटप र आइफोन फिर्ता गर्न सचिव मैनालीलाई आयोगको २४ घण्टे पत्र

काठमाडौं, साउन ८ । निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीले आयोगबाट लिएर गएको गाडी, आइफोन र ल्यापटप पत्र पाएको २४ घण्टाभित्र फिर्ता गर्न ताकेता गरेको छ ।

यसअघि आयोगमा सचिव रहेका मैनालीलाई दोस्रो चरणको स्थानीय निर्वाचनको पाँचदिन अघिमात्रै सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको थियो ।

सरुवा भएको लामो समयसम्म पनि आयोगको गाडी, ल्यापटप र आइफोन फिर्ता नगरेको भन्दै सचिव मैनालीलाई पत्र काटिएका छ । र पत्रमा भनिएको छ पत्र बुझेको २४ घण्टाभित्र आयोगका समान फिर्ता गर्नु ।

आयोगका उपसचिव महेशराज तिम्सिनाले पठाएको पत्रमा सचिव मैनालीले बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर जिप, ल्यापटप र आइफोन सेभेन प्लस अहिलेसम्म फिर्ता नगरेको उल्लेख छ ।
यसबारेमा बुझ्न खोज्दा आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले भने, ‘ हल्ला त सुनेको छ । त्यो प्रशासनको काम हो मलाई सबै कुरा जानकारी हुर्दै, प्रशासनका साथीहरुलाई सोध्नुस् ।’

सचिव मैनालीसँग यसबारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन  ।

कमेन्ट गर्नुहोस्