दलितलाई विभेद र निर्घात कुटपीट गर्ने धरौटीमा छुटे

प्रेम सुनार
गुल्मी, साउन ८ । गुल्मीको मुसिकोट नगरपालिका–४ मा गत असार २४ गते स्थानीय कर्णबहादुर नेपालीलाई निर्घात कुटपिट गर्ने आमाछोरा जिल्ला अदालतबाट एक लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् ।

प्रहरीको हिरासतमा रहेका आरोपी शोभा कार्की र उनका छोरा कृष्ण कार्की ५० / ५० हजार धरौटी राखेर आइतबार छुटेका हुन् । छुवाछुत विभेद र कुटपिटको आरोपमा मुद्दा अदालतमा दायर गरी उनीहरु विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाईको छ ।

यसअघि छुवाछुत विरुद्धका मुद्दा दर्ता गर्न आनाकानी गर्ने गरेको भएपनि यसपाली जिल्ला प्रहरी कार्यालय गुल्मीले विना आनाकानी सहजै मुद्दा दर्ता गरेर उदाहरणीय काम गरेको दलित अधिकारकर्मी धर्म विश्कर्माले बताए ।

घटनाका स्थलगत अध्यान गर्न गुल्मी आएका राष्ट्रिय दलित आयोगका सदस्य मनजित ताम्राकारले जिल्लाको प्रहरी र सरकारी वकिलको कार्यालय निकै सकरात्मक हेको आफुहरुले पाएको प्रतिकृया दिए । उनले दलितका छुवाछुत मुद्धामा यति ठुलो रकम धरौटी राखेको यो पहिलो भएको बताउँदै जिल्ला अदालत गुल्मीले पनि छुवाछुत विभेद विरुद्ध स्वागत योग्य कार्यको संकेत गरेको उनले बताए ।

दलित अधिकारकर्मी घटनास्थल पुगी दुवै पक्षसंग सत्य तथ्य बुझेर फर्किएका छन् । उक्त घटना छुवाछुत विभेदबाटै घटेको उनीहरुको निष्कर्ष रहेको छ ।

उनीहरुले चन्द्रकोट वडा नम्वर ५, ग्वाघाका वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग मनबहादुर बिकलाई साउन १ गते घरमै गएर कुटपिट गर्ने घटनाप्रति पनि आफुहरुको गम्भीर ध्यानकार्षण भएको बताएका छन् ।

निर्वाचित वडाध्यक्ष जस्तो जनप्रतिनिधीले अपाङ्ग दलितलाई कानको जाली फुट्ने गरी कुटपिट गरेको विरुद्ध फौजदारी अभियोगमा इलाका प्रहरी कार्यालय चन्द्रकोटले १३ हजार ४ सय १० रुपैयाँ पीडितलाई दिलाएर मिलाउनु कानुन विपरित भएको बताउँदै जिल्ला प्रशासन र प्रहरी प्रमुखलाई पुनः छानविन गरी कारबाही प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छन् ।

वडाध्यक्ष विरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा पीडितले जाहेरी दिएको मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जनाकारी दिए । वुटवलमा गरेको घाजाँचले मात्र नपुेर आइतबार जिल्ला अस्पतालमा समेत घाँ जाँच गराउँदा बिकको कानले ९५ प्रतिशत श्रवणशक्ति गुमाएको पुष्टी भएको प्रहरीले जनाएको छ ।

कानको उपचार हुन सक्ने भएपनि श्रवणशक्ति गुम्न सक्ने सम्भावना रहेका जिल्ला अस्पतालका भिकित्सकले बताएको अधिकारकर्मी कमला वरालले बताइन् । पीडित बिकले चन्द्रकोट प्रहरी कार्यालयमा ठुलो संख्यामा उपस्थित भएका वडाध्यक्ष पक्षका मानिसहरु आफुलाई जवरजस्ती उक्त रकममा मिल्नु बाध्य पारेका बताएका छन् ।

कमेन्ट गर्नुहोस्