भोटेकोशीको लार्चा पुल भत्कियो, तातोपानीसँग सम्बन्धविच्छेद

सिन्धुपाल्चोक, साउन ९ । अविरल वर्षाका कारण ढिस्को खसेपछि तातोपानी नजिक पर्ने भोटेकोशीको लार्चा पुल भत्किएको छ । ढिस्कोको भार सहन नसकी पुल दुई टुक्रा भएको छ।

प्रहरीले दिएको जानकारी अनुसार, निरन्तर वर्षा परेसँगै आइतबार साँझ ७ बजेतिर ठूलो ढिस्कोसहितको पहिरो पुलमाथि खसेको थियो ।

पुल भत्किएपछि तातोपानी गाविसपट्टिका बासिन्दा जिल्लासँग एक्लिएका छन्।

गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले उक्त पुलमा क्षति पुगेको थियो ।

कान्तिपुर अनलाईनले सशस्त्र प्रहरी बलका डीएसपी बिमल डाँगीको भनाई उद्दृत गर्दै भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको उल्लेख गरेको छ ।
तस्वीर कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्