कछुवाको गतिमा कांग्रेस

रूद्रप्रसाद भट्टराई/

००३ सालमा जन्मेको नेपाली कांग्रेस जेष्ठ र गतिवान् पार्टी भनिएपनि उसका चालढालमा बढाइंचढाइं गर्नेको संख्यालाई घटाउन सकेको छैन । स्थापनाबाट नै अनेक आरोह, अवरोहबीच कहिले फुट्दै अनि जुट्दै निरन्तर प्रजातन्त्र र समाजवादको पक्षमा उभिएको पार्टीको गतिलाई लिएर अहिले खुलेरै आलोचना हुन थालेको छ ।

भर्खरै सत्ताको बागडोर सम्हालेको ठूलो दलले आन्तरिक समस्याकै कारण सरकार विस्तार लगायतका मुद्धामा ढिला गरिरहेको जग्जाहेर छ । राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य,, माओवादीको उद्घाटन र विश्राम हुंदै गणतन्त्रलाई संस्थागत् गर्ने कार्यमा अग्रपंक्तिमा उभिएको बुढो पार्टी स्थापनादेखि अहिलेसम्म गुट् माथि सहगुट्बाट ग्रसित् छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्त मान्ने कांग्रेस आफैं आन्तरिक दलदलको शिकार भएको छ । व्यक्ति हावी हुंदै जांदा संगठन धराप हुंदै गएको छ । समाजवादी सिद्धान्तमा अझै निरंकुशताले प्रश्रय पाएकै छ । पूँजीवादी धारमा स्वतन्त्रताको नाममा गुट्, चोक र व्यक्तिको प्रभूत्व बढ्दै गएको छ । सम्मानका पदहरूमा गोजीका चिटहरूले स्थान पाएका छन् । पदमा बसेरपनि निर्णय गर्ने भन्दापनि धरापहरू थाप्ने कार्यमा नेतृत्व लागिपर्नुले बढी प्रश्नहरू उनीमाथी तेर्सिन पुगेको छ ।

पछिल्लो समयमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र खुमबहादुर खड्काको नामहरूले चर्चित छ कांग्रेस । संगठनको आवाजलाई टोकरीमा पुर्याएरै भएपनि व्यक्तिहरूले पार्टी चलाएका छन् । कार्यकर्ताहरूको पनि नाक फुलाउने माध्ययम यहि बनेको छ ।

रूद्रप्रसाद भट्टराई

छत्तिसे र चौह्रतरेको लामो गन्ध महशुष गरेको पार्टीले टोलै पिच्छेका नेतामा संस्थापन हुने रहर गर्दा कछुवा जस्तो ढिलो हुंदै गएको छ । पार्टीको महाधिवेशन भएको यतिका समय बितिसक्दापनि केन्द्रीय समितिको पूर्णता नहुनु, प्रचण्ड सरकारलाई विदा गरेर बनेको सरकारलाई पूर्णता दिन नसक्नु वर्तमान बहसको विषय बनेको छ । यस्तो विषम अवस्थामा पनि आसेपासेको भिड थामिनसक्नु छ । मन्त्री बन्न र गुटलाई भाग पुर्याउन अझै लागिपरेका छन् । राम्रा भन्दापनि हाम्रालाई समेट्न बेजोड अभ्यासमा छन् उनीहरू । भातृ संगठनको दादागिरी थामिनसक्नु छ, मनलागि निर्णयको बाढीमा पौडि खेलेजस्तो । सबैतिर भद्रगोल छ तर भन्न छाडेका छैनन् संगठन गतिवान छ भनेर !

पार्टीको महाधिवेशन भएको यतिका समय बितिसक्दापनि केन्द्रीय समितिको पूर्णता नहुनु, प्रचण्ड सरकारलाई विदा गरेर बनेको सरकारलाई पूर्णता दिन नसक्नु वर्तमान बहसको विषय बनेको छ । यस्तो विषम अवस्थामा पनि आसेपासेको भिड थामिनसक्नु छ । भातृ संगठनको दादागिरी थामिनसक्नु छ, मनलागि निर्णयको बाढीमा पौडि खेलेजस्तो । सबैतिर भद्रगोल छ तर भन्न छाडेका छैनन् संगठन गतिवान छ भनेर !

पार्टीको केन्द्रीय बैठकहरू अहिलेपनि नियमित छैनन् । भर्खरै बसेको दुइदिने बैठमा नेतृत्वको आलोचना मात्र देखिएको छ । कार्यालय अझै व्यवस्थीत गर्न सकिएको छैन, तर भन्न छाडेका छैनन् हारेका छैनौं भनेर । भन्नेले बिपी र गणेशमानले कांग्रेस बांचेको सम्म भनेका छन् । पहिलो र दोश्रो स्थानीय तहको चुनावमा दोश्रो भएपनि राम्रै परिणाम आएको सम्म सांगठनीक निष्कर्श निकाल्न सकेका छैनन् । लेख, आलेख, पुस्तक र वाणीहरूमा व्यक्ति छरपष्ट भएपनि संस्थागत् निर्णय अझै छैन । यो अवस्थामा लोकतन्त्रको हिमायती भन्न सकिन्छ की सकिंदैन अनुत्तरीत छ । नजिकिएको दुइवटा चुनावले दललाई चलायमानमा रुपान्तरण बनाउनुपर्ने भएपनि नेतृत्वको कछुवा शैलीले पहिलो दल बन्नेमा संसय उत्पन्न गराइदिएको छ । यहि भएरपनि होला ओलीजीहरू जस्ताले हरवखत गिज्याइरहेका छन् ।

आन्तरिक लोकतन्त्र र जनताको अपेक्षा, परम्परागत मनोवृति, नीतिगत सवालहरू, भ्रष्टाचार नियन्त्रण, सदाचारको सम्वद्र्धन, समाजवादी नीति, भागबण्डाको रोग, प्रविधिमा हेलचेक्राइँ जस्ता अनेक पक्षमा कांग्रेसले अबपनि सुधार नगर्ने हो भने परिणाम अवश्यपनि राम्रा नदेखिने आंकलन गर्न सकिन्छ । संगठनको अवस्थादेखि दिक्काउनेहरूको संख्यामा बढोत्तरी नदिनलाई पनि एक कांग्रेस एक नीति हुनु जरुरी छ । नत्र नजिकिएको तेश्रो चरणको स्थानीय र अन्य प्रदेश र सांसदको चुनावमा राम्रो नतिजा नआउन पनि सक्छ ।

आन्तरिक लोकतन्त्र र जनताको अपेक्षा, परम्परागत मनोवृति, नीतिगत सवालहरू, भ्रष्टाचार नियन्त्रण, सदाचारको सम्वद्र्धन, समाजवादी नीति, भागबण्डाको रोग, प्रविधिमा हेलचेक्राइँ जस्ता अनेक पक्षमा कांग्रेसले अबपनि सुधार नगर्ने हो भने परिणाम अवश्यपनि राम्रा नदेखिने आंकलन गर्न सकिन्छ ।

इतिहासका सबै कालखण्डमा अग्र्र भूमिका निर्वाह गरेको पार्टीले समय अनुसार रुपान्तरण आवश्यक छ । यसको लागि पाकाहरूले यूवालाई नेतृत्वदायी भूमिकामा स्थापीत गराउनै पर्छ । विगतदेखि सामाजिक, राजनीतिक र आर्थिक सुधारका पक्षमा कमाएको ख्यातीलाई स्थापीत गराउनु कांग्रेसको परम दायित्व हो । सीमांनको मुद्धालाई किनारा लगाई संघीयतालाई स्थापीत गराउने महत्वपूर्ण समयमा कांग्रेस चितुवाजस्तै बन्नु जरुरी भएको छ । स्वर्गीय बी.पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई हरूले सोचेको कांग्रेस बनाउनु वर्तमान नेतृत्वको कर्तव्य हो । यसकारण वर्तमान सरल पक्षहरूलाई लम्ब्याएर कठिन बनाउने भन्दापनि प्रभावकारी कार्यको अवतरण उसको लागि हतियार हुनेछ । भन्नलाई मात्र हो कछुवा ढिलो हिंडेपनि जित्छ भनेर तर व्यवहारले प्रमाणीत गर्न सक्दैन, अर्थात ताल चुड्कै नै जाती यो समयमा ।

कमेन्ट गर्नुहोस्