मातृकाको गतिबिधि टुलुटुलु हेर्न मिल्छ त कमरेड ?

रघुनाथ बजगाँर्इ /

पार्टीको बिचार भन्दा बाहिर गएर मधेसवादी पार्टीले समेत छोडिसकेको ‘समग्र मधेस एक प्रदेश’को मागलाई ब्युँताइने पहल गरेपछि नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको आलोचना ब्याप्त छ । किँन उनी यो मुद्धा अहिले उचालीरहेका छन् ?

समग्र मधेस एक प्रदेशको मुद्दा ब्युँताउन भन्दै माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक तथा हेडक्वार्टर सदस्य यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ पनि गठन भैसकेको छ । ‘मधेसी भ्वाइस एसेम्बली’ले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुटन आह्वान समेत गरिसक्यो ।

माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक तथा हेडक्वार्टर सदस्य यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ पनि गठन भैसकेको छ । ‘मधेसी भ्वाइस एसेम्बली’ले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुटन आह्वान समेत गरिसक्यो ।

नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरू राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टी नेपालका नेता डा. रामकेवल साह लगायतका छन् । यादवसँगै माओवादी केन्द्रका अर्का नेता गोपाल ठाकुर समेत ‘समग्र मधेस एक प्रदेश’को अभियानमा जुटेका छन् । ठाकुर संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिमा समेत छन् ।

के भन्छ माओवादी केन्द्र

सर्वत्र चासोका साथ हेरिएपनि यस बिषयमा नेकपा माओवादी केन्द्रले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन् । तर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालबाट आफ्नो पार्टी एक मधेश एक प्रदेश माग को बिरुद्धमा दृढ रहेको प्रष्टीकरण दिएका छन् ।
बिभिन्न सञ्चारमाध्यमले माओवादी केन्द्रका नेता मात्रिका यादवको पहलमा फेरी मधेसवादी पार्टीले छोडिसकेको ‘समग्र मधेस एक प्रदेश’को माग ब्युँताइन लागिएको भन्दै समाचार सम्प्रेषण भैरहेका बेला जवाफमा श्रेष्ठले ट्वीटमा लेखेका छन् ‘हाम्रो पार्टी एक मधेश एक प्रदेशूमाग को बिरुध्द मा दृढ छ । यो अनावश्यक मात्र होइन हानिकारक छ । कसैमा कुनै भ्रम नरहोस ।’

समग्र मधेस एक प्रदेश’को माग ब्युँताइन लागिएको भन्दै समाचार सम्प्रेषण भैरहेका बेला जवाफमा श्रेष्ठले ट्वीटमा लेखेका छन् ‘हाम्रो पार्टी एक मधेश एक प्रदेशमाग को बिरुध्द मा दृढ छ । यो अनावश्यक मात्र होइन हानिकारक छ । कसैमा कुनै भ्रम नरहोस ।

कार्यक्रर्ताहरुको आक्रोश

माओवादीका कार्यक्रताहरुले मातृका यादवको क्रियाकलापको खुलेरै विरोध गरेका छन् । उनीहरुले पार्टी नेतृत्व मौन बसेकोमा पनि आक्रोश पोखेका छन् ।

महेन्द्र न्यौपानेले फेसबुकमा लेखेका छन् ‘यदि एक मदेश एक प्रदेश को मुद्दा उठान भयो भने लेखेर राख्नु होला कार्यकर्ता खोज्न दिउँसै लाल्टिन बाल्नु पर्छ । मिडिया ले हङ्गामा ल्याइ सक्यो, पार्टिको तर्फ बाट आधिकारिक निर्णय के हो हामिलाई थाहा चाहियो । ’

बिमल गौत्तमले लेखेका छन् ‘मात्रिका को गतिबिधि टुलुटुलु हेर्न मिल्छ त कमरेड’ शिवराज ढुङ्गानाले पनि गौत्तमकै शैलीमा लेखेका छन् ‘मातृका यादवको ताण्डव कहिलेसम्म हेरेर बस्नुहुन्छ ? ’

सामाजिक सञ्जालमा  माेहन बहादुर केसी पनि लेख्छन ‘नेकपा माअाेवादि केन्द्र दल नबनि सकेकाे हाे कि पुरानै विखन्डनवादी साेचकाे समुल नस्ट नभएकाे हाे थापा पाउन सकिएन । किनत त्यस्तालार्इ दलले कारबाही नगरेकाे । ’

कमेन्ट गर्नुहोस्