इजरायली दूतावासमा गोली चल्यो, दुईको मृत्यु

साउन ९ । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । दूतावसमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । गोली चलाउनुको कारण अहिलेसम्म स्पष्ट भएको छ ।

सुरक्षाकर्मीले दूतावास आफ्नो नियन्त्रणमा लिएका छन् र त्यहाँ रहेका इजरायली अधिकारीलाई सुरक्षित स्थानमा सारिएको छ । दूतावसाले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो ।

कमेन्ट गर्नुहोस्