जीप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु

बाग्लुङ, साउन ९ । बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य अन्य ६ जना गम्भीर घाइते छन् ।

जलजलादेखि ग्वालीचौर झर्दै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको हो । घटनास्थल मध्यपहाडी लोकमार्गको ग्वालीचौरदेखि केही माथि भएपनि वर्षातका कारण खाल्डाखुल्डी सडकका कारण सवारीसाधनबाट उद्धार गर्न कठिनाइ हुने भन्दै गृहमन्त्रालयबाट होलिकोप्टर मगाइएको छ ।

होलिकोप्टर घटनास्थल पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिए ।

मृतकहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । भने घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्