अपडेट : बागलुङको जिप दुर्घटनामा मृत्य हुने चारै जनाको सनाखत

बाग्लुङ, साउन ९ । बागलुङको बडीगार्ड गाउपालीका ५ ग्वालीचौरमा दुर्घटना हुँदा चालकसहित ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जलजलाबाट खर्वाङतर्फ जाँदै गरेको ध १ ज १८४ नम्बरको जिप दुर्घटना परि मृत्यु हुनेमा बडीगार्ड गाउपालीका बस्ने ६० बर्षीय मुक्त बहादुर पाईजा, सोही ठाउकै ३६ बर्षीय नारायण रजुवा, ३९ बर्षका हमेन काउजा, र २७ बर्षीया तुल बहादुर पुन रहेको जिल्ल प्रहरी कार्यलय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।

घाइतेहरुको ग्वालीचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरुलाई थप उपचारको लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको प्रहरी उपरीक्षक खापुङले जानकारी दिए । जिप सडकदेखि करिव ६ सय मिटर तल खसेको बताइएको छ । ओरालोमा जिप अड्याउनको लागि ओट हाल्ने क्रममा जिप दुर्घटना भएको बताइएको छ ।

याे पनि पढ्नुहाेस्

जीप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु

कमेन्ट गर्नुहोस्