झुक्यो दूतावास : अलपत्र २१ मध्ये १५ जना भोली नेपाल फर्किँदै

सुसान आचार्य

साउन ९ । चौतर्फी दबाब र खबरदारी नरोकिएपश्चात् अन्ततः नेपाली दूतावास युएर्इ अबुधाविले आफ्नो आँखा खोलेको छ ।

लामो समयदेखि काम दाम र मामबाट बन्चित गरार्इ अलपत्र अबस्थामा युएर्इको अबुधाबीस्थित मुसफा ३२ मा राखिएका १९ जना पीडित नेपालीले अब भने न्याय पाउने भएका छन् ।

रोजगारीका लागि भन्दै सेटिङमार्फत काठमाडौको ठमेलमा अवस्थित अर्थ लाइन ट्राभल्सबाट जनही २ लाख पचास हजारदेखि ३ लाख ५० हजार रूपमासम्म असुल गरी युएर्इ पठाइएका १९ जना नेपाली लामो समयदेखि त्यहाँ अलपत्र अबस्थामा थिए ।

यता ट्राभल्सको युएर्इ एजेन्ट साजन भनिने प्रेम पान्डेले पीडितलार्इ शारीरिक र मानसिक यातना दिने तथा ज्यान मार्नेसम्मको धम्की दिएको अडियो रेकर्ड प्राप्त गरी पीडितको बयान कै आधारमा विभिन्न संञ्चार माध्यममार्फत समाचार समेत प्रकाशित गरिएको थियो ।

बारम्बारको दबाब पश्चात जागेको नेपाली दूतावास युएर्इले हिजो जारी गरेको हस्ताक्षरबिना कर्ताको नाम र बिना चलानी नम्बरको प्रेस बिज्ञप्तिमा भने पीडितलाई समर्थन र उद्दार गर्न माग गरी विभिन्न समयमा लेखिएका समाचार पित र नियोजित भएको भन्दै खन्डनसमेत गरेको थियो ।

गत जुलार्इ ४ तारिख नै पीडितले उद्दारको लागि पहल गर्न दूतावासमा निवेदन दिएको भएपनि दुई हप्तासम्म दूतावासले वास्ता नगरेपछि पीडितको गुनासो पत्रकार आफैले मेलमार्फत नेपाल सरकार गृह मन्त्रालय, परराष्ट्र तथा श्रम मन्त्रालयमा समेत पठाएका थिए ।

यसरी चौतर्फी दबाब देखिएपछि हिजो साँझ श्रम सहचारीसहित दूतावासका केहि प्रतिनिधि पीडितलाई भेट्न क्याम्पमै पुगी एजेन्टलाई तत्काल टिकट ल्याउन भन्दै नल्याए जेल हाल्ने भनेपछि केहि घन्टामा नै एजेन्टले १५ जना पीडितको टिकट कन्फर्म गरेको थियो ।

नेपाल फर्कने टिकट कन्फर्म गरेपश्चात नेपाली दूतावास युएर्इ अबुधाबिको रोहवरमा पीडित नेपालीलाई तत्काल नेपाल फर्कने बितिक्कै अमेरिकन डलर १००० प्रतिब्यक्ती दिनुपर्ने र लागत रकमसमेत फिर्ता हुनुपर्ने भन्दै पत्रकार सहित दूतावासका प्रतिनिधिको उपस्थितिमा पीडित र सम्बन्धित ट्राभल्सको एजेन्टबिच दायाँबायाँ औठा छापसहित कागज गराइएको थियो ।

अलपत्र परेका मध्ये १५ जना भोलि दिउँसो २ बजे नेपाल फर्कँदै छन् भने भिसा समय सकिएर अबैधानिक बनेका ४ जना आगामी अगस्ट ९ तारिख नेपाल फर्कने जानकारी नेपाली दूतावास युएर्इकी श्रम सहचारी हिरा यादवले दिएकी छन् ।

 

यस्ताे छ हस्ताक्षरबिना कर्ताको नाम र बिना चलानी नम्बरको प्रेस बिज्ञप्ति

कमेन्ट गर्नुहोस्