काबुलमा आत्मघाती कारबम विस्फोट, २४ को मृत्यु

साउन ९ । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती कारबम विस्फोट हुँदा २४ को ज्यान गएको छ ।

आज भएको उक्त कारबम विस्फोटमा अन्य दर्जनौ घाइते भएको र उनीहरुमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको सरकारी अधिकारीहरुलाई उद्धत गर्दै बिबिसीले जनाएको छ ।

राजधानी काबुलबाट पश्चिममा पर्ने सिहा सहरमा गराइएको विस्फोटमा खनिज मन्त्रालयका कर्मचारी र कामदार परेको बताइएको छ।

हमला एक राजनीतिज्ञको घरलाई लक्षित रहेको तर, सुरक्षाकर्मीले रोकेको एक अधिकृतले बताएका छन् ।

विस्फोटको जिम्मा आतंककारी संगठन तालिवानले लिएको छ। काबुलमा यो वर्ष मात्रै तालिवान र स्लामिक स्टेटले दर्जनौं बम विस्फोट गराएका छन् ।

कमेन्ट गर्नुहोस्