प्रधानमन्त्रीको यस्तो निर्देशन

काठमाडौं, साउन ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई स्तरीय गुरुयोजना बनाएर अगाडि बढ्न निर्देशन दिएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौं साधारणसभालाई राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘विश्वविद्यालयले नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने भएकाले अब स्तरीय गुरुयोजना बनाएर अगाडि बढ्नु जरुरी छ ।’

नेपालको बिशिष्ट सम्पदाको प्रचार प्रसार र ज्ञानको भण्डारको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो पहिचान बनाउनुपर्ने उनको भनाई छ ।

विश्वविद्यालयको न्यूनतम् भौतिक पूर्वाधारको विकासका लागि सरकारले सहयोग गर्ने भन्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि प्रतिबद्ध भएर लाग्न पनि निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्