‘ए मेरो हजुर–२’को पहिलो किर्तिमानी (भिडियाेसहित)

साउन ९ । नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ को ट्रेलरले युट्युबमार्फत नयाँ किर्तिमानी कमाएको छ ।

इन्टरनेट रिलिजको २४ घण्टामा ट्रेलरलाई साढे ५ लाखभन्दा बढी पटक हेरिएको छ । यो हेराई नेपाली चलचित्रका ट्रेलरहरुमा २४ घण्टामा सबैभन्दा बढी हो ।

ट्रेलर सार्वजनिक भएको तेस्रो दिनसम्म आईपुग्दा १६ हजार नौ सय सात लाइक आएको छ भने ८ लाख २६ हजार ९ सय जनाले हेरेका छन् ।

यसअघि २४ घण्टे रेकर्ड ‘लुट २’को ट्रेलरलाई २४ घण्टामा तीन लाख पचहत्तर हजारले हेरेका थिए । ‘लुट २’ काे रेकर्डलार्इ ‘ ए मेराे हजुर २’ ले ताेडेकाे हाे ।

दर्शकले रुचाएको ‘ए मेरो हजुर २’ ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक सलिनमान बानियाँको जोडी रहेको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यो चलचित्र भदौ १६ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ ।

चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको छ । फिल्मलाई सन्जय लामाले छायांकन गरेका छन् । संगीत बसन्त सापकोटाको छ ।

यस्ताे छ ट्रेलर

कमेन्ट गर्नुहोस्