चीन र भारतबीच सीमामा तनाव बढ्दैं

एजेन्सी, साउन ९ । चिनले भारतसँगको विवादीत सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी दिएको छ ।

चीन, भुटान र भारतको सीमामा उक्त क्षेत्रमा एक महिना अघिदेखि विवाद शुरु भएको हो ।

विवाद उत्पन्न भएपछि उक्त क्षेत्रमा चीन र भारतले बनाउन लागेको सडक निर्माणको कार्य पनि स्थगित भएको छ ।

चीनल निर्माणस्थल आफ्नो भूभाग हो भन्दैे उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमा क्षेत्रको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको आरोप लगाएका छन ।

च्यानले चीनले आफ्नो सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी पनि दिए ।

कमेन्ट गर्नुहोस्