‘जनताका लागि किन्न लागेका हौं मोटरसाइकल’ : अध्यक्ष शाही

हामी केही भन्दैनौ अब सिधै अनुगमन गर्छाैं : थपलिया

काठमाडौ, साउन ९ । स्थानीय विकास मन्त्रालयबाट ठूलो मात्रामा रकमको विषयमा आफूखुशी निर्णय नगर्न बारम्बार अपिल हुँदाका बाबजुद पनि सुर्खेतको चौकुनै गाउँपालिकामा भने जनताको नाम भजाएर आफूखुसी मोटरसाइकल किन्ने निर्णय गरिएको छ ।

१० वटा वडा मिलेर बनेको चौकुने गाउँपालिकामा जनताको घर दैलोमा जानका लागि कष्ट भयो भनी पाँच वडाका लागि हरेक वडामा एक/एक वटाको दरले मोटरसाइक किन्नका लागि  निर्णय गरिएकाे छ ।

स्तरीय बाटोसमेत नभएको उक्त गाउँपालिकामा विकास निर्माणका अन्य पूर्वाधारहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा किन मोटरसाइकललाई नै प्राथमिकतामा राखियो भन्ने प्रश्नको जवाफमा चौमती गाउँपालिका वडाध्यक्ष धीर बहादुर शाहीले भने, ‘हामी जनताको घरदैलोमा चाँडो पुग्नका लागि यो निर्णय गरेका हौ ।’

पाँच वटा वडामा त्यहाँका प्रतिनिधिसँग सवारीसाधन भएको र अन्य पाँच वटा वडाका प्रतिनिधिहरुसँग कुनै सवारी साधन नभएको उनीहरुका लागि पनि मोटरसाइकल किन्ने निर्णय गरेकाे उनले बताए ।

कानुन निर्माणभन्दा पहिला नै गरेको भएपनि उनीहरुको यो निर्णय कानुनी दायरामा रहेर गरेको अध्यक्ष शाहीले बताए ।

त्यस्तै यता स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने यस विषयमा कुरा गर्न खोज्दा आफूहरुले बजेटको प्रयोगसम्बन्धी निर्णय एकमुष्टै सबैलाई हुने गरी सार्वजनि गरिसकीएकाले चौकुने गाउँपालिको मोटारसाइकल किन्ने निर्णय विरुद्धमा केही नबोल्ने सिधै अनुगमन गर्ने बताए । यदी उक्त गाउँपालिकाको निर्णय नियमभित्र परेमा त्यो कार्यान्वयन हुने अन्यथा कारवाही हुने बताए ।

जनताको समस्या समाधान गर्न प्रतिनिधि पात्र बनेका उनीहरुले नै बजेटको यसरी दुरुपयोग गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्