डा. केसी ११ औं पटक अनशनमा

काठमाडौं, साउन ९ । सरकारले आफूसँग यसअघि गरेका सम्झौता पुरा नगरेको भन्दै त्रिविका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी सोमबारदेखि अनशन बसेको छन । उनको यो ११ औँ अनशन हो ।

विभिन्न सात बुँदे मागहरु राख्दै डा केसी त्रिवि शिक्षण अस्पताल परिसर महाराजगञ्जमा सोमबार दिउँसो ४ बजेदेखि अनशन बसेका हुन ।

पछिल्लो पटक २०७३ कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बसेका केसी तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीका मागहरु जायज रहेको भन्दै पुरा गर्ने सममती भएको थियो ।

पत्रकार सम्मेलन गरी आफ्ना ६ बुंदे माग राख्दै डा केसीले ११ औं पटक अनशन सुरु गरेका हुन । यसअघिपटक पटक अल्टिमेटम दिँदा पनि सरकारले आफूसँग भएका सम्झौताका बुँदाहरु कार्यान्वयनमा चासो नदेखाएपछि बाध्य भएर अनशन बस्नुपरेको केसीले बताए ।

डा केसीले आफ्नो अनशनका क्रममा पठनपाठन र विरामीको उपचारमा बाधा नगर्ने जानकारी पनि गराए ।

डा केसीका ११ औं अनशनका मागहरु

कमेन्ट गर्नुहोस्