बाढीपीडित र महिला हिंसाका घटनाप्रति गृहमन्त्रीको गम्भीर चासो

काठमाडौं, साउन ९ । गृहमन्त्री जनार्दन शर्माले मुलुकमा बाढीपहिरो र महिलामाथिको हिंसाका घटना बारम्बार भएकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

सोमबार व्यवस्थापिका–संसद्मा समय बौल्दै गृहमन्त्रीले बर्खाको समयमा बाढी पहिरोमा परेका पीडित र देशका विभिन्न स्थानमा महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

गृहमन्त्री शर्माले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोका कारण भयावह स्थिति सिर्जना भएको र बाढीले क्षति पु¥याएका पीडितलाई सहयोग गर्न विपद् व्यवस्थापनको बैठक बसी काम गरिरहेको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्