भरतपुर १९ को अर्को सुनुवाई १२ साउनमा

काठमाडौं, साउन ९ । भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिट माथिको सुनुवाई आज पनि नसकिएपछि साउन १२ गतेलाई सरेको छ । यो संगै रिटमाथिको अन्तिम निर्णय आउन अझै केही समय लाग्ने भएको छ ।

न्यायाधीशद्धय ओमप्रकाश ओझा र पुरुषोत्तम भण्डारीको इजलासमा तेस्रो दिन चलेको सुनुवाई पनि नसकिएपछि हेर्दा हेर्दैमा रहेको हो । अब अर्को सुनुवाई साउन १२ गते हुने भएको छ ।

सोमबार सरकारको तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता रमण श्रेष्ठले निर्वाचन आयोगको निर्णयको बचाउ गर्दै भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्नुपर्ने बताए । निर्वाचन आयोगको निर्णय कानुन बमोजिम भएकाले भावनात्मक रुपमा बहकिन नहुने उनको जिकिर थियो ।

महान्यायाधिवक्ता  श्रेष्ठले मतपत्र च्यात्न महान्यायाधिक्ताले कानुनको दफा हेरेर सल्लाह दिएको भनी विपक्षीहरुले लगाएको आरोप समेत खण्डन गरे ।

कमेन्ट गर्नुहोस्