अति विपन्न परिवारका बिश्वकर्मा बने डाक्टर

प्रेम सुनार
गुल्मी, साउन ९ । आर्थिक अभावका कारण पढ्न सकिन भन्नेहरुलाई गतिलो जवाफ दिदै गुल्मीका एक अति विपन्न दलित परिवारका युवा चिकित्सक(डाक्टर) बनेका छन् ।

मालिका गाउँपालिका वडा नम्वर १ साविकको नेटा गाविसका काँशीराम बिक लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासबाट यसै हप्ता एमबिबिएस डाक्टर बनेका हुन् ।

साविकको नेटा गाविसमा सामान्य खरको झुपडीमा जन्मीएका बिकको आफ्नो खेतीपातीबाट वर्षभरीमा दुई महिना पनि खान पुग्दै थियो भने विरामी बुवा । त्यस्ता परिवारमा जन्मीएर डाक्टर बन्नु भनेको सवैका लागि प्रेरणाको विषय बनेको स्थानीय शिक्षक प्रेम बिकले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी मेडिलक कलेज प्रभास पाल्पमा पाँच वर्षीय अध्यान सकेर यससातादेखि एमबिबिएस डाक्टरको जिम्मेवारी सम्हालेका हुन । २६ वर्षीय बिकले आफूले एसएलसी पास गर्दासम्म डाक्टर बनुँला भन्ने कल्पना समेत नगरेको बताउँछन् ।

२०६५ सालमा सरस्वती मावि साविकको नेटा–३ बाट ७५.५ अंक ल्यार्ई एसएलसी पास गरेका बिकको विद्यार्थी जिवन काहली लाग्दो भएका बताउछन् ।

डाक्टर बिकको विगत र वर्तमान उनकै शब्दमा

‘पिता टोकबहादुर बिक, काम गर्न नसक्ने विरामी हुनुहुन्थ्यो, आमा मनरुपाको निमेक मजुरीबाट पढेको हुँ । दुईवटी आमाहरु हुनुहुन्थ्यो । फाटैकै जाँगें लगाएर पढेको हो । अहिले नसोचेकै सफलता प्राप्त भयो । यसको श्रेय म मेरो प्रत्येक सहयोगीलाई दिन चाहन्छु ।

तीमध्येका एक जना जो मेरा छिमेकी र गुरु पनि हुनुहुन्छ दिनानाथ पौड्याल । जसले मेरो जिवनमा नसोचेकै सपना पुरा गराई दिनु भयो । उहाँलाई मैले जति सम्मान गरे पनि कम हुन्छ । एसएलसी पास गरेपछि उहाँकै बोलावटमा म पहिलो पटक काठमाडौं पुगेको थिएँ ।

सोच्न त विज्ञान विषय लिएरै पढ्छु भन्ने सोचेको थिएँ तर उहाँको सहयोग विना म काठमाडौंमा ६ महिना पनि बस्न सक्ने अवस्था थिएन् । अन्ततः म उहाँकै कोठामा ६ , ७ महिना बसेर पढें । पछि उच्च माध्यामिक शिक्षा परिषदबाट उहाँकै पहल र मेरो मेहनतमा स्कलरसिप पाएँ ।

त्यसपछि होस्टलमै बसेर बढ्दै यहाँसम्म आएको हुँ । म एकदम लक्की हुँ । जसले त्यो अवस्थाबाट यो अवस्थामा आउने अवसर पाए । यसर्थ पनि म हिजो जस्तै विकट र विपन्न समुदायको सेवा गर्ने चाहना राखेको छु ।

उनको विपन्न परिवारमा कहिले पहिरोले घर पुर्यो । कहिले आगलागी भएर ज्यु धनको क्षति समेत भयो । तर पनि उनले हिम्मत हारेनन्, फलस्वरुप आज चिकित्सक बन्न सफल भए । र बने दलित समुदायबाट गुल्मी जिल्लामा पहिलो डाक्टर ।

कमेन्ट गर्नुहोस्