प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच एकता

कास्की, साउन ९ । कास्कीमा प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भएको छ ।

सोमबार बसेको दुबै संगठनको संयुक्त बैठकले एकता गर्ने निर्णय गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी पत्रकार संगठन कास्कीमा आवद्ध साथी आजैका मितिबाट प्रेस सेन्टर नेपालमा गोलबद्ध भएर अघि बढ्ने निर्णय भयो ।’

दुई संगठनको एकतापछि जिम्मेवारी पनि बाँडफाँड गरिने विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्