स्वास्थ्य विभागका उपमहानिर्देशक घुससहित पक्राउ

काठमाडौं, साउन ९ । स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंह घुससहित रङेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार सिंहलाई कार्यालयबाटै पक्राउ गरेको हो । सिंहको साथबाट १० हजार रुपैयाँ बरामद गरेको आयोगले जनाएको छ ।

कार्यसम्पादन मूल्यांकनमा बढी नम्बर राखिदिई बढुवाका लागि मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ । उनीमाथि थप अनुसन्धान हुने अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्