प्राध्यापक संघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं, साउन ९ । सरकारसँग भएको सहमति पालना नभएको भन्दै आशिंक प्राध्यापक संघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

आफ्ना माग कार्यान्वयनका लागि दवाव सृजर्ना भन्दै प्राध्यापक संघले मंगलबारदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि रिले अनशन सुरु गर्ने निर्णय गरेको जनाएको छ ।

सोमबार राजधानीमा आयोजित संघको राष्ट्रिय भेलामा प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डाक्टर यादव लामिछानेले आफुहरुसँग भएको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

साउन २२ गतेसम्म पनि आफ्ना मागको सुनुवाई नभए सशक्त रुपमा प्रस्तुत हुने संघले चेतावनी दिएको छ । कार्यक्रममा आशिंक प्राध्यापकहरुको माग सम्बोधन गर्न पहल गर्ने नेताहरुले प्रतिवद्धता जनाएका छन् ।

वर्षौदेखि आशिंक रुपमा त्रिविका क्याम्पसमा प्राध्यापन गराइरहेका आशिक प्राध्यापकलाई प्रकृया पुर्याएर करार गर्नुपर्ने, बौद्धिक शोषण अन्त्य हुनु नपर्ने, यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आएको छ ।

आजको भेलामा मुलुकभरका ६० वटा त्रिविका आंगिक क्याम्सका दुई सय आशिंक प्राध्यापकहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्