बुवा बन्ने धोको अधुरै, एकै परिवारका तीनजना गम्भीर घाईते

प्रेम सुनार
गुल्मी, साउन ९ । आज विहान करिव साढे ९ वजेतिर वाग्लुङको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ वर्षीय हुमेन काउँछाको सन्तानको वावु बन्ने धोको त्यस दुर्घटनाले अधुरै पारी दिएको छ ।

करिव ८ वर्ष अघि मिना काउँछासंग विवाहबन्धनमा बाँधिएका काउँछाको अहिलेसम्म सन्तान नभएपछि श्रीमति र आफ्नो प्रजनन्न स्वास्थ्यबारे डाक्टरदेखि धामी झाक्रीसम्म धाउँदै आएका थिए ।

गतवर्ष मात्रै जिल्ला विकास समिति वाग्लुङ्गबाट करारमा शव ईन्जिनियर नियुक्ती पाई बढिघाट गाउँपालिकाका साविकका गाविसमा सर्वे डिजाईनिङ्ग गर्दै आएको काउँछा त्यस भेगका प्रिय व्यक्ति थिए ।

जलजलाको झुलेडाँडामा रेमिटेन्स व्यवसायसमेत सञ्चालन गर्दै आएका काउँछा आज रेमिटेन्सकै कारोबारको शिलशिलामा वामीटकसरको शाइन रेसुङ्गा र ग्लोवल आईएमई बैंकमा जाँदै थिए ।

अत्यन्तै मिलनसार स्वभावका काउछाको निधनले आफुहरु बोल्न सक्ने अवस्थामा नरहेको स्थानीयले बताए । ३२ वर्षीय उनकी श्रीमति मिनासहित घर र छिमेकमा सन्नाटा छाएको छ र अन्य मृतकका परिवार हुँदै बढिघाट गाउँपालिका प्रमुख मेयरसिंह पाईजा पनि त्यस घरमा पुगेर सहानुभुति प्रकट गरेका छन् ।

बढिघाट गाउँपालिका वडा नम्वर ४ साविकको जलजला गाविसका काउछा सहित दुर्घटनामा वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंहका अन्दाजी ३६ वर्षका नरवहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको घटना स्थलमै मृत्यु भएको थियो ।

रणसिंहको घोरघोरे हुँदै जलजलाको बाटो खर्वाङ आउँदै गरेको सो पिकअप बादिपमा दुर्घटना भएको थियो।

एकै परिवारका तीनजना गम्भीर घाईते
यसैबीच सोही दुर्घटनामा एकै परिावारका तीन आमा र छोरी परेर गम्भीर घाईते भई थप उपचारका लागि काठमाडौं लगिएको छ । २६ वर्षीया वालमति पाईजा, १० वर्षीय उनका छोरा दिनेश र ६ वर्षीया छोरी दिपशिखा गम्भीर घाईते भएकी हुन् ।

आज विहान करिव साढे छ वजे रनसिङ्गे घरबाट छोरालाई ग्वालीचौर स्कुलमा ल्याए हिडेकी श्रीमतिको दुर्घटनामा परेको खबर आफुले विहान साढे ९ वजेतिर पाएको उनका श्रीमान गोविन्द पाईजाले बताए ।

अहिले काठमाडौंको बीर अस्पतालमा उपचार गराई रहेका उनीहरुमध्ये छोरीको अवस्था गम्भीर रहेको काउछाले बताए । ६ जना घाईते मध्ये टेकबहादुर पाईजा र भिमबहादुर सेर्वुजाको अवस्था घम्भीर रहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्