मुद्दामा अनावश्यक दुःख दिँदै हुनुहुन्छ ? लागेको खर्च बेहुर्नुपर्ला 

काठमाडौं, साउन १०। अनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःख/हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भएको छ ।

सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको फुलकोर्टले सर्वोच्च अदालत नियमावली २०७४ पारित गर्दै यस्तो व्यवस्था गरेको हो,अन्नपूर्णौमा खबर छ ।

कमेन्ट गर्नुहोस्