धार फेर्दै कर्णाली, बस्ती जोखिममा

टीकापुर , साउन १० । तटबन्ध भासिएपछि कर्णाली नदी बर्दियातर्फ मोडिने खतरा बढेको छ । कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाटको पुलको पूर्वी भागको उत्तरतर्फको तटबन्ध नदीमा भासिएको छ ।

नदीमा दुई फिट मात्रै पानीको सतह बढ्ने बित्तिकै तटबन्ध पूर्ण रुपमा भत्किने अवस्था आएको छ । यसले गर्दा नदीले धार नै परिवर्तन गर्ने खतरा बढेको छ ।

नदी पश्चिमतर्फको तटबन्धमा ठोक्किएर पूर्वतर्फ मोडिएको छ । यसरी नदीले धार परिवर्तन गरे बर्दियातर्फ ठूलो क्षति पुग्ने स्थानीय बताउँछन् । नदीले धार परिवर्तन गर्दा बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुरलगायत गाउँमा क्षति पुग्नसक्ने देखिन्छ,नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्