राष्ट्रपतिको २५ लाखको बिमा सरकारले गरिदिने

काठमाडौं ,साउन १० ।  सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको २५ लाख रुपैयाँको बिमा गरिदिने भएको छ ।

सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट श्रममन्त्री फरमुल्लाह मन्सुरले संसद्मा सो विधेयक पेस गरेका हुन् । विधेयकमा राष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रुपैयाँ र उपराष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ८ हजार ३० रुपैयाँ प्रस्ताव गरिएको छ ।

 त्यस्तै पोसाक सुविधाबापत राष्ट्रपतिलाई प्रतिवर्ष २५ हजार र उपराष्ट्रपतिलाई २० हजार रुपैयाँ दिने उल्लेख छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई स्वेदश भम्रणका लागि दैनिक ३ हजार ३ सय र विदेश भ्रमणमा दैनिक २ सय ५० अमेरिकी डलर भत्ता दिन प्रस्ताव गरिएको छ ।

त्यस्तै विधेयकमा राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतले गरेका कामकारबाहीको विषयमा अदालतमा मुद्दा दायर गर्न नपाउने प्रावधान पनि राखिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतमा सम्पादन गरेका कामका विषयमा पदमा बहाल रहँदा वा निवृत्त भएपछि कुनै अदालतमा मुद्दा चलाउन नपाइने उल्लेख गरेको छ, राजधानी मा खबर छ। संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐनबमोजिम हुने भनिए पनि संविधान जारी भएको २२ महिनापछि सरकारले सुविधासम्बन्धी विधेयक संसद्मा टेबल गरेको हो ।

कमेन्ट गर्नुहोस्