बाग्लुङ्ग दुर्घटनाका मृतकका परिवारलाई जनही ५० हजार राहत

प्रेम सुनार

गुल्मी, साउन–९ । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो । तर अहिले सिधै आफ्नो गाउँपालिकाले तत्काल ५० हजार रुपैयाँ जनही छुट्टाउन सक्ने भएका छन् ।

बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनाका मृतकलाई त्यस गाउँपालिका प्रमुख मेयरसिंह पाईजाले मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत रकम दिने घोषणा गरेका छन् ।

त्यस्तै घाईते ६ जनालाई उपचारको अवस्था हेरेर दिने गरी ८ लाख रुपैयाँ छुट्टाएका छन् । यसबाट जनताले अव तत्काल जनताले हिजो राज्यबाट दिने भन्दा ठुलो रकम तत्काल पाउने भए भन्ने उदाहरण मिलेको छ । गाउँपालिका प्रमुख पाईजाले तत्काल वाग्लुङ्ग सिडियो संग समन्व्य गरी नेपाली सेनाको हेलिकप्टर मगाई घाईते ६ जनालाई उपचारका लागि काठमाण्डौ समेत पठाएर छिटो छरितो उद्धारको उदाहरण समेत दिएका छन् ।

बडीगाड गाउँपालिका वडा नं ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटनामा मृत्यु हुने ४ जनाको मृत्यु भएको थियो भने ६द जना घाईते भएका थिए ।
उपचारकालागि ग्राण्डी अस्पताल पुराईएका घाईतेहरुलाई ग्राण्डीले स्थाना अभाव भनेर फर्काएपछी वीर अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ। यता मृतकहरुको ग्वालिचौर स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको

कमेन्ट गर्नुहोस्